अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

काठमाडौँ, २६ मङ्सिरः नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि यहाँ अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । समाजका अध्यक्ष डा पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ । उहाँले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गाैला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिनुभयो । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ । –––

Shares

Be the first to comment on "अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि"

Leave a comment

Your email address will not be published.


*