चरिकोट (दीस) –अगामी आर्थिक बर्ष २०७७/०७८ लागि दोलखाको शैलुङ गाउँपालिकाले ५७ करोड ५६ लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले विहिबार आयोजित नवौँ गाउँसभा मार्फत वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, समपूरक र विशेष अनुदान शिर्षक अन्र्तगत सो बजेट प्रस्तुत गरेको हो । बजेटमा गाउँपालिकाले चाँलु तर्फ ११ करोड ८६ लाख ६५ हजार पुजीगत तर्फ १७ करोड ४२ लाख विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदान र विषेश अनुदान तर्फ २३ करोड ६५ लाख ,प्रदेश सरकार शसर्त अनुदान तर्फ २ करोड २१ लाख सात हजार , प्रदेश सरकार समपुरक अनुदान तर्फ २ करोड र प्रदेश सरकार विशेष अनुदान ४२ लाख वजेट विनियोजन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष लालमाया योजनले प्रस्तुत गरेको बजेटमा पुर्वधार, पर्यटन , कृषि , शिक्षा तथा स्वास्थ्यलाई विषेश जोड दिएको छ ।
आर्थिक बर्ष २०७८ /०७९ लागि शैलुङ गाउँपालिकाको बजेट ः ५७ करोड ५६ लाख
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक १० असार २०७८, बिहीबार २०:४२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "आर्थिक बर्ष २०७८ /०७९ लागि शैलुङ गाउँपालिकाको बजेट ः ५७ करोड ५६ लाख"