चरिकोट (दीस) –अगामी आर्थिक २०७८/७९ को बर्षको लागि दोलखाको तामाकोसी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले विहिबार आयोजित नवौँ गाउँसभा मार्फत वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, समपूरक र विशेष अनुदान शिर्षक अन्र्तगत सो बजेट प्रस्तुत गरेको हो । बजेटमा कृषि सिँचाई तथा पशु विकास तर्फ ४ करोड, स्वास्थ्य सरसफाई तथा खानेपानी तर्फ ५ करोड विनियोजन गरिएको छ । त्यस्तै शिक्षा तर्फ २ करोड ५० लाख, कला, साहित्य संस्कृती र पर्यटनमा ३० लाख, सडक यातायात तथा पूर्वाधार विकासमा ४ करोड विनियोजन गरेको छ । भने वन वातावरण तथा भू–संरक्षणमा ६५ लाख विनियोजन गरेको छ । उर्जा, आर्थिक तथा सामाजिक विकास, युवा तथा खेलकुद विकास लगायत शिर्षकमा समेत आकर्षक वजेट विनियोजन गरेको गाउँपालिकाले सूचना प्रविधि तथा संचारमा ६५ लाख, सुशासन सार्वजनिक सेवा प्रवाहमा १० लाख, राजश्व संकलन तथा परिचालनमा ५ लाख सभाले विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बर्षको तामाकोसी गाउँपालिकाको बजेट ः ७० करोड ७४ लाख
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक १० असार २०७८, बिहीबार २०:१७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "आर्थिक वर्ष २०७८/७९ को बर्षको तामाकोसी गाउँपालिकाको बजेट ः ७० करोड ७४ लाख"