अखिल नेपाल महिला संघ दोलखाको भेला सम्पन्न

चरिकोट, फागुन १५
‘सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा सम्मान अधिकार’ भन्ने नाराका साथ अखिल नेपाल महिला संघ दोलखाको भेला शनिबार चरिकोटमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ दोलखाको आयोजनामा भएको महिला भेलाले वीर शहीद अमर रहुन्, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, महिला हिंसा अन्त्य गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, लगायत नारा लगाउदैँ  ¥याली निकालेको थियो । सातदोबाटोबाट सुरु भएको ¥याली बिचबजार, पशुपतिडाँडा, पुरानो बजार र पुन ः सातदोबाटो हुदैँ चरिघ्याङमा पुगी सभामा परिणत भएको थियो । सभाको उद्धघाटन नेकपा केन्द्रिय सदस्य एवम् अनेम संघका केन्द्रिय अध्यक्ष सीता पौडेलले गरिन् । अध्यक्ष पौडेलले महिला माथी हुने शोषण, हिंसा, र विभेद अन्त्यका लागि संघले आवाज बुलन्द पारिरहेको र सबै महिलाहरु संघमा आबद्ध भएर हिंसा विरुद्धको आन्दोलनलाई थप शसक्त बनाउन अनुरोध गरिन् । अनेम संघ दोलखाका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा भएको भेलालाई अनेम संघ केन्द्रिय सचिवालय सदस्य सरस्वती बस्नेत, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष इश्वर चन्द्र पोखरेल, नेकपा केन्द्रिय सदस्य एव्म भीमेश्वर नगरपालिका प्रमुख भरत केसी, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ कालिन्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठकले लगायतले सम्बोधन गरेका थिए । भेलामा नेकपाका जिल्ला स्तरीय नेता सहित संघमा आबद्ध ४ सय भन्दा बढी महिला नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

Shares

Be the first to comment on "अखिल नेपाल महिला संघ दोलखाको भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*