दीक्षण समाचार
चरिकोट, साउन २८
नेकपा माओवादी केन्द्र दोलखाले अखिल नेपाल खेलकुद महासङ्घ गठन गरेको छ । चरिकोटमा शुक्रबार आयोजित महासङ्घको प्रथम भेलाले विमल ओलीको अध्यक्षतामा २५ सदस्यीय महासङ्घ गठन गरिएको हो । महासङ्घको उपाध्यक्षमा रामशरण थापा मगर, कोषाध्यक्षमा सृष्टि तामाङ, सचिवमा सुरज तामाङ र सहसचिवमा लापासाङ शेर्पा चयन हुनुभएको छ । रोशन अधिकारी, आशिष थामी, ऐसिक नेपाली, रिवाज तामाङ, दाफेजो शेर्पा, सन्तोष फुँयाल, हिमाल श्रेष्ठ, कुमार श्रेष्ठ, विजय कार्की, विनोद खड्का, महेश भण्डारी, हरि कार्की, सञ्जय कार्की, निजय तामाङ र त्याङ्गुुण लामा सदस्यमा चयन हुनुभएको छ । उक्त अवसरमा खेलाडी र खेल क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरिएको अखिल नेपाल खेलकुद महासङ्घ दोलखाका इन्चार्ज पुष्कर अधिकारीले बताउनुभयो ।
Be the first to comment on "अखिल नेपाल खेलकुद महासङ्घ गठन"