चरिकोट– सिन्धुपाल्चोकको जारी पाखर कप फुटबल प्रतियोगितामा दोलखा फुटबल संघ फाइनलमा पुगेको छ । शनिबार भएको सेमिफाइनलमा भक्तपुरलाई ३–१ गोलअन्तरले हराउदै दोलखा फाइनलमा पुगेको हो । पहिलो हाफमा गोलरहित बरावरी भएको थियो । दोस्रो हाफको १५ मिनेटमा भक्तपुर १ गोल गरेका थियो । समय सकिन केही समय रहँदा दोलखा फुटबल संघका गोल किपर सन्तोष महतले १ गोल गरेसँगै खेल १–१को बराबरी भएको थियो । निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेलमा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको दोस्रो हाफ्मा दोलखाले भक्तपुरलाई २ गोल गरेसँगै दोलखा फाइनलमा पुगेको दोलखा फुटवल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए । विजेताले २ लाख २२ हजार २ सय २ रुपैया तथा उपविजेताले एक लाख ११ हजार एक सय रुपैया साथै मेडल तथा प्रमाण पत्र पाउने छन ।
दोलखा फुटबल संघ फाइनलमा
TOPICS:खेल
Posted By: दीक्षण दैनिक १९ माघ २०७५, शनिबार १६:५२
१२ कार्तिक २०८१, सोमबार १८:२९
2081/07/12 को Epaper
१२ कार्तिक २०८१, सोमबार १९:०३
कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत
१३ कार्तिक २०८१, मंगलवार १०:२१
Be the first to comment on "दोलखा फुटबल संघ फाइनलमा"