चरिकोट (दीस) – नेपाली कांग्रेस दोलखाले सरकारले संसद बिघटन गरेर असंवैधानिक गरेको भन्दै सदरमुकाम चरिकोटमा सरकार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाली कांगे्रस दोलखाको पार्टी कार्यालयबाट ,नयाँ बसपार्कबाट ,पेटो«ल पम्प बाट ,चरिघ्याङबाट र तरकारी बजारबाट एकै साथ निकालिएको मशाल जुलस निकालेको थियो । मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गदै नेपाली कांगे्रसका दोलखाका पुर्व सभापति तारा बहादुर कोईरालाले सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेकाले आफू सडकमा उत्रिएको बताए । उनले भने ओलीको अलोकतन्त्रको निर्णयको खिलाप नेपाली कांगे्रसले एक्लै प्रदर्शन गर्ने निर्णय गरेकाे छ । नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खडकाले सरकारले चालेको कदम जनचाहना बिपरित भएको बताए । कम्युनिष्टहरु लोकतन्त्रको पक्ष कहिले पनि नहुने र जनताले भोट दिएर गल्ती गरेको खडकाको जिकिर रहेको थियो । नेपाली कांगे्रसका दोलखाका पुर्व सभापति देबी न्यौपाने सरकारले चालेको कदम असंवैधानिक भएको बताएका थिए । कार्यक्रममा वोल्दै नेपाली कांगे्रस दोलखाकी नेतृ गिता शिवाकोटीले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाईन । नेपाली कांगे्रस दोलखाका सभापति रुद्र बहादुर खड््काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव बालकृष्ण आचार्य लगायतले सम्बोधन गरेका थिए ।
Be the first to comment on "दोलखामा नेपाली कांग्रेसको मसाल जुलुस"