बाजुरा, २३ कात्तिकः जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ । विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले राससलाई जानकारी दिनुभयो । उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको जानकारी पनि उहाँले दिनुभयो । उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ । यसैबीच, बुढीनन्दा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख सन्तोष जोशीले नगरपालिकाले नगर स्वयंसेवक शिक्षक भर्नाका लागि विज्ञापन गरेको बताउनुभयोे । निजी स्रोतबाट सञ्चालन भएका विद्यालयमा नगर स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो । –––
देउसीभैलोबाट सङ्कलित रकम शिक्षकलाई
Posted By: दीक्षण दैनिक २३ कार्तिक २०८१, शुक्रबार ११:२५
११ पुष २०८१, बिहीबार १८:५५
भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण सहभागिता गराउन जनप्रतिनिधी सहमत
११ पुष २०८१, बिहीबार ११:४९
Be the first to comment on "देउसीभैलोबाट सङ्कलित रकम शिक्षकलाई"