इश्वर बिश्वकर्मा चरिकोट, दोलखामा ७५ वटा विद्यालय भवन पुनर्निर्माण गर्नुपर्ने भएपनि ६५ वटा मात्र पुनर्निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म ७५ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने योजना रहेको थियो । तर ६५ वटा मात्र भवन पुनर्निर्माण सम्पन्न भएका छन् । बाँकी १० वटा विद्यालय भवन ७५ प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् । ति विद्यालय भवन केही महिनामैँ निर्माण सम्पन्न हुने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनको कारण विद्यालय भवन पुनर्निर्माणमा ढिलाई भएको इकाई प्रमुख देव कुमार बरालले बताए । त्यस्तैगरि सोही वर्षमा विद्यालयहरुमा ५६ वटा शौचालय भवन निर्माण गर्नुपर्ने भएपनि ४३ वटा मात्रै निर्माण सम्पन्न भएका छन् । बाँकी १३ वटाको ८५ प्रतिशत निर्माण भएको उनले बताए । ४५ वटा विद्यालय पुननिर्माण हुने जिल्लामा चालु आर्थिक वर्ष ४५ वटा विद्यालय भवन पुननिर्माण हुने भएका छन् । २, ३ र ४ कोठे गरि जिल्लामा ४५ वटा विद्यालय भवन पुननिर्माण हुने भएका हुन् । विद्यालय भवन निर्माणका लागी विद्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइ बीच सम्झौता भइरहेको छ । यसै वर्ष विभिन्न स्थानका विद्यालयमा ७० वटा शौचालय निर्माण हुने उनले बताए । जिल्लाका ७३ वटा विद्यालयमा खानेपानीको कार्यक्रम सञ्चालन हुने छ । जसका लागी प्रति विद्यालय करिव ७ लाख ४० हजार रुपैयाँ बजेट रहेको छ । विद्यालय भवन निर्माण, शौचालय र खानेपानीको काम विद्यालय व्यवस्थापन समिति मार्फत सम्पन्न हुने छ ।
दाेलखामा ६५ विद्यालय पुनर्निर्माण
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ६ श्रावण २०७७, मंगलवार २०:०२
१५ पुष २०८१, सोमबार ११:५६
नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित
१५ पुष २०८१, सोमबार १९:३८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको अध्यक्षमा घिमिरे चयन
१५ पुष २०८१, सोमबार १४:४६
२०८१ पुस १५ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१५ पुष २०८१, सोमबार १०:२७
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
१५ पुष २०८१, सोमबार १०:३३
Be the first to comment on "दाेलखामा ६५ विद्यालय पुनर्निर्माण"