चरिकोट, पुस ११–केही वर्ष अघि गाउँका महिलाहरुले स्थानीयत स्तरमै पाइने सालको पातबाट दुनाटपरी निर्माण गर्दथे । कतिपयको नुनभुटुन किन्न पैसा कमाउने आधार नै दुनाटपरा हुने गरेकाे थियो । तर पछिल्लो समय सीप हस्तान्तरण नहुँदा दुनाटपरा बनाउने व्यक्तीको अभाव हुन थालेको छ । विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका धार्मिक कार्यहरु गर्दा गाउँभरी दुनाटपरा खोज्नुपर्ने अवस्था आउन थालेको छ । यहि समस्यालाई समाधान गर्ने तथा सीप हस्तारण गरी संस्कृतिको संरक्षण गर्दै स्वरोजगार बन्ने र बनाउने उद्धेश्य सहित दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ स्थित जिलुमा आयोजना गरिएको दुनाटपरा गाँस्ने दुईदिने तालिम शनिबार सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ४, ५ तथा भीमेश्वर पूजा सामग्री उत्पादन उद्योग एन्ड प्रशिक्षण केन्द्रद्धारा संयुक्त रुपमा आयोजित तालिममा दुबै वडाका गरि ३० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिममा दुनाका साथै चार कुने र पाँच कुने सहित विभिन्न शैलीकाे टपरा निर्माण गर्नेसम्बन्धमा प्रशिक्षण दिइएको थियो । तालिमका सहभागीहरुलाई ३ वटा समुहमा विभाजन गरी प्रोत्साहनका लागि प्रति समुह ५ हजार रुपैयाँ सहयोग गरिएको छ । तालिम समापन समारोहमा भीमेश्वर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष हरिबंश चौलगाइँ, कार्यपालिका सदस्य रुपा शाहि भुजेल, भीमेश्वर पूजा सामग्री उत्पादन उद्योग एन्ड प्रशिक्षण केन्द्रका चरिकोटका रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Be the first to comment on "जिलुमा दुनाटपरा गाँस्ने तालिम सम्पन्न"