चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले सुचिकृत मेलमिलापकर्तालाई क्षमता अभिबृद्धी तथा रिफेसर तालिम दिएको छ । पालिका भित्र रहेका ३५ जना मेलमिलापकर्तालार्ई “मेलमिलाप गर्दा ”क्षमता अभिबृद्धी भनेर तालिम दिएको पालिकाले बताएको छ ।
तालिम दोलखा बार एसोएशनका अध्यक्ष सरोज उप्रेती र कानुन व्यबसायी कृष्ण बस्नेतले दिएका छन् । तालिम २ दिन सम्म चल्ने जनाइएको छ ।तालिममा गाउँपालिकाका प्रमुख स्वयम बहादुर खडकाले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा मेलमिलापकर्तालाई क्षमता अभिबृद्धी तथा रिफेसर तालिम"