नेपालमा स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । ५ वर्षे कार्यकालमा अहिलेसम्म के कस्ता काम भए ? जनप्रतिनिधीले जनतासँग गरेका बाचा कति पुरा भए भएनन् ? कोरोना महामारीमा कसरी काम गरिरहेका छन् ? यस्तै यस्तै सवालहरुमा केन्द्रित रहेर हामीले नेपाली कांगे्रसका नेता बर्मा लामासँग ं प्रतिपक्षले स्थानीय सरकारलाई कसरी हेरेको छ भनेर दीक्षण सहकर्मी अर्जुन अपवादले कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंशः
प्रदेश सरकार र स्थानीय सरकार दुवैले ३ वर्षको अवधी पुरा गरे । तपाँईको मूल्याँकन के छ ?
अव लगभग मुल्यांकन गर्ने बेला त भयो । यो पहिलो संघियताको कार्यान्वयन पनि हो । नयाँ भएका कारण पनि उहाँहरु अलमलमा पर्नुभएको हो । व्यवस्था पनि नयाँ हो । धेरै कारणले पनि नभएको हुन सक्छ । हुँदै भनेर विरोध म गर्दिन । जनचाहनाअनुसार नभएकै हो ।
कहाँ समस्या देख्नुहुन्छ ?
सबैभन्दा भित्रीकुरा यो नयाँ कुरा र कर्मचारीतन्त्रको असहयोग । कर्मचारीतन्त्रका लागि पनि यो नयाँ व्यवस्था भो । कर्मचारी आफैं अन्यौलमा परे । स्थानीय तहसम्म कर्मचारीहरु आवश्यकताअनुसार परिपुर्ती नहुने समस्या पनि छ । जनप्रतिनीधिहरुको इच्छाशक्तिमा पनि कमि छ । जनचाहनाअनुसार काम गर्न सकेन । व्यापक रुपमा भ्रष्टचार भैराछ भन्ने सुनिन्छ । त्यो प्रमाणित भने भईसकेको छैन ।
जनप्रतिनीधिहरुमा इच्छाशक्ति नभएर काम भएन भन्ने तपाँइको बुझाई हो ?
त्यसले पनि केहि काम गरेको छ । सबैकुरा त्यो हैन । इच्छाशक्तिमा निकै भर पर्छ । मान्छेहरुले गर्ने चाहना राखे धेरै काम हुन्छ । यस्तै छ भइहाल्छ भनेर फाँकेमस्त तरिकाले चल्न लागेपछि दोलखा जिल्लाको विकास निर्माणदेखि लिएर यावत कुराहरुको अवस्था अगाडि बढ्न नसकेको हो ।
जनताको अपेक्षा धेरै भएर पो काम नदेखिएको हो कि ?
त्यसोमात्रै भन्दा पनि अप्ठ्यारो हुन सक्छ । मान्छेका इच्छा चाहना राखेपनि यति त भयो भनेर चित्त बुझाउने ठाउँ हुन्छ । अहिले चित्त बुझाउन सक्ने स्थिति नै भएन । नयाँ व्यवस्था भन्दैमा यसले १ वर्ष काम गरेन होला । दोश्रो र तेश्रो वर्षमा रफ्तार लिनुपर्ने हो । सुरुको वर्षभन्दा अलिकति रफ्तारले अगाडि बढेको भए मानिसले चित्त बुझाँउथे होला । चित्त बुझाउने ठाउँहरु दिन सकेनन् । जनताले आक्रोश व्यक्त गर्ने ठाउँ प्रशस्त रुपमा जनप्रतिनीधिहरुले दिएका छन् ।
अहिले कोरोनाको विश्वव्यापी महामारी छ । यसमा स्थानीय तहले गरेको काम कस्तो छ ?
प्रयास गरेगरे जस्तो भनेर देखाउने प्रयास भयो । यथार्थमा राम्रै ढंगले गरौं भन्ने भावना कम देखिएको छ । केन्द्र सरकार, प्रदेश सरकार देखी स्थानीय सरकारसम्म आईपुग्दा त्यसको प्रयासहरु अपर्याप्त छँदैछ । केन्द्र तथा प्रदेशले स्थानीय तहलाई पठाउँछु भनेको पैसा अहिलेसम्म आईपुगेको छैन भन्छन् । हामीले बनाएका क्वारेन्टाईनहरु सुविधासम्पन्न हुन सकेनन् । स्वास्थ्यकर्मीहरु राख्न सकिएन । मानिसहरु धुमधुमती स्कुलमा बस्नुपर्ने भयो । त्यहाँ २÷४ वटा बेडहरु राखेर बस भन्दा त्यसले उपयुक्त स्थान पाएन । गाउँघरमा मानिसहरु रेडियो टिभी सुनेर सुसुचित त भए । गाउँपालिका नगरपालिकाले जति गर्नुपथ्र्यो त्यो त गरेनन् । सडकमा माइकिङ गरेर हुन्न । कुनाकुनाको जनताले सुन्यो कि सुनेन थाहा पायो कि पाएन ? मेरो गाउँपालिकामा भारत तथा विदेशबाट आएका मानिसलाई व्यवस्थित क्वारेन्टाईन बनाउने भनेर सर्वदलिय बैठक बसेरै काम सुरु गरेको हो । जति हुनुपर्ने भएन । यसो हुँदाहुँदै पनि भगवान भरोसा दोलखामा कोरोनाले महामारीको रुप लिएको छैन । तथापी भोली नआउला भन्न सकिन्न ।
अव तपाँई चुनावमा उठ्नुभएको मेलुङकै कुरा गरौं । मेलुङले के के गर्नुपथ्र्यो त यो विपदका बेलामा ?
विपदका बेलामा प्रयासहरु नभएका हैनन् । हाम्रो सल्लाहबमोजिम नै गाउँपालिकाले काठमाण्डौबाट मानिसहरु ल्याएर सेल्फ क्वारेन्टाईनमा राख्ने ग¥यो । यसमा विभिन्न समाजसेवीहरुले सहयोग गर्नुभयो । यसका बाबजुद पनि गाउँगाउँसम्म हामीले जति सुचना प्रवाह गर्न सकिन्थ्यो त्यत्ति गर्न सकिएन भन्ने हो । तैपनि अहिलेसम्म पालिकामा कोरोनासंक्रमित मानिस भेटिएको छैन । भोलीसम्म पनि यस्तै होस । कोरोना लाग्नु भनेको एकजनालाई मात्रै लाग्नु हैन रैछ । एकबाट अरुलाई सर्दै सर्दै गएर महामारीको रुप लिने रैछ । यसमा गाउँपालिका प्रमूख लगायत हामी कांग्रेसहरु छलफल गरेरै अगाडि बढेका छौं । जति काम भएको छ त्यो प्रयाप्त छैन । हामी प्रतिपक्षको भूमिका निभाएर उहाँहरुलाई सचेत गराइरहेका छौं ।
प्रतिपक्षको भूमिका जसरी निर्वाह गर्नुपथ्र्यो । त्यसरी गर्नुभएको छ ?
एकदमै । गाउँपालिकाको बैठक राखेर त्यो बैठकको निर्णयहरु पुरा गराउने काम भैरहेको छ । सुझाव दिने काम पनि भैरहेको छ । उहाँहरुले पनि सकेको गर्छौ भनेर प्रतिवद्धता जनाईराख्नुभएको छ । ति सबै कुराहरु प्रयाप्त छैनन् । प्रयाप्त नहँदानहुँदै परिस्थितिलाई सामना गर्नु हाम्रो वाध्यता हो ।
के कारणले प्रतिवद्धता पुरा भएनन् ?
धेरै कारण छन् । तरकारी बनाउनका लागि त नुन, खुसार्नी लगायत धेरै कुरा चाहिन्छ नि त्यस्तै हो । साधनश्रोतको कमी हुन सक्तछ, इच्छाशक्तिको कमी हुन सक्तछ । सल्लाहकार गतिला नभएर पनि हुन सक्छ । अर्को कुरा पार्टी निर्देशनका कुरा पनि होलान् । धेरै कुराले गर्दा होला उहाँ स्वतस्फूर्त रुपमा जसरी अगाडि बढ्नुपथ्र्यो । त्यसरी बढ्नुभएको छैन । यो मेरो पालिकाको कुरा मात्र हैन सिङ्गै जिल्लाकै कुरा हो । दोलखामा पनि केन्द्रकोजस्तै २ तिहाई कम्युनिष्ट बहुमत भएको जिल्ला हो । तर उहाँहरुले पर्फम्यान्स देखाउन सक्नुभएको छैन । जनताको जनाचाहना पुरा गर्न सक्नुभएको छैन । चुनावमा उहाँहरुले पुरै हुन नसक्ने वाचाहरु दिएर आउनुभयो । त्यो पुरा हुने कुरै थिएन । उहाँहरु गलत जगमा उभिएर अगाडि बढेका कारण उहाँहरु आज फितलो हुँदै जानुभएको छ । जे श्रोत र साधन छ यसमा गर्नसक्ने कुरा पनि गर्नुभएन भन्ने मेरो कुरा हो ।
कोरोना सुरुमा कस्तो आकलन गर्नुभएको थियो ? आजसम्म आईपुग्दा त्यसको बुझाई के भएको छ ?
यो अन्तराष्ट्रिय जगतबाटै यो एकखालबाट मानविय चुनौती भएको अवस्था हो । महंगी बढिरहेको अवस्था छ । हामीलाई बन्दाबन्दीले धेरै ठूलो नोक्सान भएको छ । देश अझै जर्जर हुँदै गएको छ । यसकै निहुँमा ठूलो ठूलो भ्रष्टचार भएको सुन्दा मानिसले म मर्छु भन्ने नै विस्र्यो । जन्मेपछि मानिस मर्छ यो त सास्वत सत्य हो । जीवन र मृत्युका बीचमा राख्ने त कृति हो । कृति राखे भावी पुस्ताले सम्झेला भन्ने कुरा पनि मानिसले विस्र्यो । हाम्रो नेता जसलाई हामीले आशा गरेका थियौं उहाँले भोली म मर्नुपर्छ भन्ने विर्सनुभयो । मानिसलाई पैसाले त पोल्दैन । दाउराले नै पोल्ने हो । शहरमा बस्यो भने दाउरा किन्नुपर्ला गाउँमा त मलामीले बोकेकै दाउराले पुग्छ । पेट भरे त मानिसलाई पुग्छ नि । आलिशान घर बनाउन खोज्दा देश अझै उँधो गैरहेको छ । कोरोनाको प्रभावलाई पनि केहिले अवसरको रुपमा प्रयोग गरे यो दुखदायी कुरा हो ।
गाउँमा फर्केका मानिसहरुलाई गाउँमै राख्नका लागि स्थानीय सरकारले के गर्नुपर्ला ?
हिजो शहरपस्दा बाँझो छाडेका जमिनहरुमा खेतिपाती गर्नुपर्छ । भोली बाहिरबाट अन्न आउने वातावरण भएन भने त गाह्रो हुन्छ । जनप्रतिनीधिहरुले गाउँमा कति जग्गा बाँझो छ भन्ने कुरा जानकारी लिने र त्यसको कसरी उपयोग गर्ने भन्ने योजना बनाउनु प¥यो । जग्गा कति छ ? कुन जग्गामा के उत्पादन हुन्छ ? सामुहिक खेति गर्न सकिन्छ कि सकिन्न भनेर योजना बनाए भयो नि । हामीले गाउँगाउँमा बनाएका उपभोक्ता समितिमा हिजोदेखि एकै खालका मानिसहरु छन् । कार्यकर्ता पोस्ने गरि समिति बनाइएको छ । बेरोजगार युवालाई उपभोक्ता समितिमार्फत काम गराउन सके काम पनि गुणस्तर हुने थियो । यसो भएको देखिन्न । हिजो मलाई कसले सहयोग ग¥यो भन्ने भावनाले काम गरेको छ । यसमा आफ्नो ज्याला पनि राख्ने काम पनि गर्नेहरुलाई नेतृत्व दिँएर काम अगाडि बढाँउदा उपयुक्त हुन्छ ।
Be the first to comment on "केन्द्र जस्तै जिल्लामा कम्युनिष्टको बहुमत छ तर काम भएन –लामा"