चरिकाेट, पुस २६–दोलखाको सदरमुकाम चरिकोट लामाचाैरमा अवस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ‘रक्तदान, जीवन दान’ भन्ने मुलमन्त्रको साथ नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा कालिञ्चोक माध्यमिक विद्यालय र चरिकोट क्याम्पासको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा २८ जना शिक्षक र विद्यार्थीहरुले रक्तदान गरेका थिए । जसबाट २८ पिन्त रगत संकलन भएको आयोजकले जनाएको छ । नियमित रक्तदान कार्यक्रम आयोजना भएन भने ब्लड बैँकमा रगतको अभाव हुन जान्छ । जसले गर्दा सुत्केरीसहित विभिन्न दुर्घटनामा परेकाको उपचारमा समस्या हुन्छ । त्यसैले कोही पनि रगत अभावमा नपरुनु भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले बताए । रक्तदान गर्नेहरुको रगतले कसैको जीवन बच्न सक्छ त्यसैले सबैले मानवीयताको भावना राखेर रक्तदान गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापती गोकर्ण प्रसाद पोखरेलले बताए । जिल्लामा रगतको धेरै माग हुने गरेको छ । त्यसैले रगत अभाव हुन नदिन योग्य व्यक्तीहरुले चरिकोटमा रहेको ब्लड बैँकमै आएर पनि रक्तदान गर्न सकिने उनले बताए ।
Related Articles
दशैँमा पिङः ‘पोहोर कोरोनाले छेक्यो, यसपाली त थापियो’
दोलखामा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द हुने
दोलखा जिल्ला अदालतद्वारा ४७ प्रतिशत मुद्दा फछ्र्योट
समाज, गतिविधी, स्थानीय सरकार, समाचार
Be the first to comment on "कालिञ्चोक माविमा रक्तदान कार्यक्रम सम्पन्न, २८ पिन्त रगत संकलन"