काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ ।एमिकस क्युरीका तर्फबाट पहिलो राय दिनुभएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा जे लेखेको छ, त्यही कुरा मात्रै हेर्नुपर्ने बताउनुभएको छ । संविधान निर्माण गर्दा भएका छलफल र संविधानले यसो भन्न खोजेको हो भनेर कल्पना गर्नुभन्दा पनि संविधानमा जे लेखिएको छ, ठ्याक्कै त्यही कुरालाई हेर्नुपर्ने कार्कीको राय छ । संवैधानिक इजलासमा कार्कीले भन्नुभयो, ‘संविधान बनाउनेहरू नै अहिले संविधान समाप्त हुन लाग्यो भनेर सडकमा आन्दोलन गरिरहेका छन्, हामीले बनाएको संविधान दुर्घटनामा पर्यो भनिरहेका छन्, यो विषयको निष्कर्ष संवैधानिक इजलासले गम्भीर ढङ्गले निकाल्नुपर्छ ।’ संसद् विघटनको विषयमा २०४७ सालको संविधानमा भएको व्यवस्थाभन्दा २०७२ सालको संविधानमा धेरै फरक भएकाले दोहोरो अर्थ लाग्ने गरी अलमलिनु पर्ने कारण नरहेको वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको भनाइ छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँहरूले प्रतिनिधि सभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनु हुनेछ ।
‘एमिकस क्युरी’ का सदस्यकाे राय : ‘संविधानमा जे लेखेको छ, त्यही मात्रै हेरौँ’
Posted By: दीक्षण दैनिक ४ फाल्गुन २०७७, मंगलवार १५:४९
१५ पुष २०८१, सोमबार ११:५६
नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित
१५ पुष २०८१, सोमबार १९:३८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको अध्यक्षमा घिमिरे चयन
१५ पुष २०८१, सोमबार १४:४६
२०८१ पुस १५ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१५ पुष २०८१, सोमबार १०:२७
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
१५ पुष २०८१, सोमबार १०:३३
Be the first to comment on "‘एमिकस क्युरी’ का सदस्यकाे राय : ‘संविधानमा जे लेखेको छ, त्यही मात्रै हेरौँ’"