COVID-19 विरुद्ध शैलुङ गाउँपालिकाकाे यस्तो छ आव्हान

एकान्तबाँस र उपचारका लागि एकीकृत अभियान संचालन ´´
(१) माइकिङ गरि प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि तथा लकडाउन र साबुनपानीले हात धुनुपर्ने जागरण।
(२) गाउँपालिका तथा ८ वटै वडामा समन्वय समिति गठन गरि तथ्यांक संकलन तथा सचेतना फैलाउने विभिन्न कार्यक्रमहरु।
(३) १२ वटा स्वास्थ्य संस्थाहरुमा तत्काल औसधि आपूर्ति तथा स्वास्थ्यकर्मीहरुकाे मनाेवल उठाउने प्रयास।
(४) प्रत्येक वडा तथा बस्तीहरुमा भएका स्वास्थ्य सम्बन्धि घटना, बाह्य आवागमन र बिरामीहरुकाे दैनिक विवरण गाउँपालिका तथा सम्बन्धित निकाएमा रिपोर्टिङ।
(५) गाउँपालिका केन्द्रमा ८ बेडकाे Isolation ward निर्माण र २ जना हेल्थ असिस्टेन्टकाे व्यवस्थापन।
(६) ज्वरो परीक्षणका लागि ३ वटा थर्माे गन र १६ थान PPE काे आपूर्ति।
(७) विदाकाे दिन तथा २४ घण्टा सेवा दिए बापत नियमानुसार स्वास्थ्यकर्मीहरुलाई थप इन्टेन्सिभकाे व्यवस्थापन।
(८) COVID-19 विरुद्धको अभियानमा संलग्न हुदा संक्रमित हुने जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीलाई उपचार तथा ज्यान गएमा राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति।
(९) सबै जनप्रतिनिधि र कर्मचारीहरुले समन्वयात्मक रुपमा युद्ध स्तरमा अभियान संचालन गर्ने अठोट।
(१०) यदि शैलुङबासी कसैलाई काेराेना संक्रमण भएमा तत्काल १० हजार उपचार खर्च र थप उपचारमा लैजान एम्बुलेन्स भाडा दिने गरि व्यवस्थापन।
(१०) तत्काल अभियान अगाडि बढाउन १४ लाख बजेट व्यवस्थापन गरि थप उपकरण, तालिम, जनशक्ति र क्षमता वृद्धिका लागि प्रदेश, संघ तथा सम्बन्धित निकायमा अनुरोध तथा पहल कदमी।
“ COVID-19 विरुद्ध शैलुङ गाउँपालिकाकाे आव्हान;
एकान्तबाँस र उपचारका लागि एकीकृत अभियान संचालन

गाउँपालिकाका अध्यक्ष भरत दुलालको फेस वुकबाट साभार

Shares

Be the first to comment on "COVID-19 विरुद्ध शैलुङ गाउँपालिकाकाे यस्तो छ आव्हान"

Leave a comment

Your email address will not be published.


*