दिव्य प्लाईले वितरण ग¥यो ४ लाख विरुवा

दीक्षण समाचार
चरिकोट, १३ फागुन

दिव्य प्लाई उद्योगले ४ लाख विरुवा वितरण गरेको छ । उद्योग लामो समयसम्म निरन्तर सञ्चालन गर्न कच्चा पदार्थ नियमित चाहिने हुँदा वन जोगाउन किसानहरुलाई विरुवा वितरण गरेको हो ।
उद्योग सञ्चाल भएसँगै उद्योगले वन कार्यालयको सिफारिसमा हरेक वर्ष विरुवा वितरण गर्दै आएको उद्योगका प्रबन्ध निर्देशक शिवबहादुर शिवाकोटीले जानकारी दिए । उतिस, सल्ला, बकाइनो, मसला जातका रुखका विरुवा ४ वर्ष लगातार वितरण गरेको उनले बताए ।
उद्योगले निशुल्क रुपमा वितरण गरेको विरुवा एकै व्यक्तिले १० हजारसम्म रोपेका छन् । उद्योगले वितरण गरेको विरुवा जिल्लाभरका किसानले रोपेका छन् । दोलखामा दर्ता भएका भेनेयरिर १० वटा मध्ये एउटा मात्र चलेका छन् । चिरान चलाएका जिल्लामा चिरान ५० बढी छन् ।
नेपालमै उच्च गुणस्तरको उपकरण जडान गरेको उद्योग ५ वर्षदेखि सञ्चालन हुँदै आएको छ । भीमेश्वर नगरपालिका ७ मकैबारीमा उद्योग स्थापना भएको छ । १३ करोडको लागतमा स्थापना गरेको उद्योगबाट दैनिक १२ घण्टा काम हुँदा एक ट्रक प्लाई उत्पादन गर्न सकिन्छ । यहाँबाट प्लाई, बोर्ड र वाटर प्रुफ उत्पादन हुन्छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भेनियर उद्योगबाट उत्पादित कच्चा पदार्थ नै हुने बताए ।

Shares

Be the first to comment on "दिव्य प्लाईले वितरण ग¥यो ४ लाख विरुवा"

Leave a comment

Your email address will not be published.


*