प्रकाश स्मृती कप खुल्ला फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट

चरिकोट–१५ कार्तिक, रनेजम नेपालको आयोजना र दोलखा जिल्ला फुटबल संघको सह आयोजनामा मंसिर १ गते देखि सन्चालन हुन गइरहेको प्रथम प्रकाश स्मृती कप खुल्ला फुटबल प्रतियोगिताको लागि दोलखा जिल्ला फुटबल टिमको छनोट कार्यक्रम सम्पन्न भएको छ । दोलखा जिल्ला फुटबल संघले आह्वान गरेको छनोट कार्यक्रमको लागि संघमा आवद्ध जिल्लाका क्लबहरुबाट २७ खेलाडी सहभागी भएका थिए । संघले छनोट कार्यक्रम चरिकोट स्थित टुडिखेल खेल मैदानमा १५ कार्तिकमा सन्चालन गरेको थियो ।
छनोट प्रकृया दुई चरणमा सम्पन्न गरिएको जानकारी छनोट समितिका संयोजक बलराम जिरेलले बताए ।

पहिलो चरणमा फिजिकल टेस्ट र दोश्रो चरणमा म्याच एनालाइसिस गरि उत्कृष्ट १८ खेलाडी छनोट गरिएको हो । छनोट खेलाडीहरुलाइ कार्तिक २५ देखि क्लोज क्याम्पमा सिताराम घिमिरेको प्रशिक्षणमा राखिने छ । अन्तिम चरणमा १६ खेलाडी छनोट गरि प्रतियोगितामा सहभागी गराइनेछ । क्लोज क्याम्पको लागि छनोट खेलाडीमा गोलकिपरमा कृष्ण चौधरी र मनोज श्रेष्ठ रहेका छन । त्यसैगरी डिफेन्डरमा थिर बहादुर खड्का (अरुण) (भाइस क्यापटेन), अजय लाल कायस्थ, यकुजन घिमिरे, देव कुमार थामी, बिबेक बुढाथोकी, सुमन नेपाली, सम्राट मानन्धर छनोट भएका छन । फरवार्डमा सन्त तमाङ(क्याप्टेन), विनोद तमाङ, सुजन श्रेष्ठ, सुरेन्द्र बुढाथोकी, रसिन भुजेल, प्रतीक तमाङ, हिमाल श्रेष्ठ, शम्भुजन श्रेष्ठ, अरमान थामी छनोट भएको दोलखा फुटवल संघ दोलखाका महासचिव कौरव पाण्डले बताए । त्यसैगरी टिम म्यानेजरमा बिपिन श्रेष्ठ र टिम प्रशिक्षक सिताराम घिमिरे जिम्मेवारी दिएको छ ।

Shares

Be the first to comment on "प्रकाश स्मृती कप खुल्ला फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट"

Leave a comment

Your email address will not be published.


*