आगलागी हुँदा २ जनाको ज्यान गयो

चरिकोट– दोलखाको गौरीशंकर गाउँपालिकामा आगलागी हुँदा २ जनाको ज्यान गएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । सो गाउँपालिका ९ स्थित टासिनाममा गोपाल शेपाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीमा परि उनकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए । आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ । करिब बिहान २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अगेना नजिकै सुत्ने गरेकाले उनले ओडेको कपडा अगेनामा परि सो बाट आगो सल्की आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Shares

Be the first to comment on "आगलागी हुँदा २ जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*