मुटुका बिरामीले कस्तो मासु खाने ?

काठमाडौं । मासु खाने अधिकांशको घरमा दसैंमा मासु पाक्ने गर्छ ।मासु अन्य समयभन्दा दसैंको समयमा मानिसहरु धैरै खाने गर्छन् । मासु खाँदा कति र कसरी खान्ने भन्ने बारेमा थाहा नहुँदा सामान्य मानिस पनि बिरामी पर्ने हुन्छ भन्ने बिरामी मानिस अझ बढी जोखिममा पर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

वीर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकाअनुसार मासुमा धैरै मात्रामा प्रोटिन,कोलेस्ट्रोड चिल्लो पदार्थ र नुन हुन्छ । उनका अनुसार मासु कसरी खाने भनेर थाहा नहुँदा  सामान्य मानिसहरु पनि रोगी हुने गर्छन् । दीर्घ रोगका बिरामीहरु अझै जोखिममा हुन्छन् । शरीरले चाहिने भन्दा बढी मासु खाए मुटु र उच्च रक्तचापका बिरामीहरुलाई तत्कालै कुनै न कुनै दुर्घटना हुने खतरा हुन्छ । त्यस्तो खतराबाट बच्न आफ्नो जीवनशैलीलाई विशेष ध्यान दिनुपर्ने डा. रेग्मी बताउँछन् ।
मासु खाँदा के के कुरामा ध्यान दिने त ? डा. रेग्मीकै शब्दमा– 

दसैंमा बढी रातो मासु पनि खाने चलन छ । मुटु र उच्च रक्तचापका बिरामीले चिल्लो र पिरो कम खाने गर्नुपर्छ । अत्यधिक मात्रामा चिल्लो हालिएको रातो मासु रक्तचाप र मुटुका बिरामीका लागि हानिकारकखानेकुरा हुन् । यस्ता रोगका बिरामीहरुले थौरै मासुसँगै मासुभन्दा बढी सलाद र सागसब्जी खाने गर्नुपर्छ । जसले गर्दा मासुले असर गर्दैन ।
हामीहरुको के चलन छ भन्ने मासु काटेको सातौं दिनसम्म पनि राखेर खान्छौं । अझ मासु नकुहियोस् भनेर पकाएर राख्छांै । यसरी राखेको मासुलाई तताउँदै खाँदा हाम्रो शरीरलाई झनै असर गर्छ । यसरी मासुलाई पटक पटक पकाउँदा, एउटै तेल पनि लामो समयसम्म प्रयोग गर्दा हाम्रो शरीरलाई विभिन्न रोगहरु देखापर्ने सक्छ । हामीले मासु सधैं ताजा र सफा खानुपर्छ ।

मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले यो समस्याबाट जोगिन रातो मासु अर्थात् खसी र राँगा,बँदेल, बंगुरको मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरुले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो साग तथा फलफूल खानुपर्छ ।

दसैंमा राँगा, खसी,बोका, बंगुर आदिको रगत खाने चलन छ । यसरी रक्ती खाँदा जनावरमा कुनै रोग लागेको छ भन्ने हामीमा पनि सर्ने हुँदा कहिलै पनि रगत खानुहँुदैन । मासुसँगै रक्सी खाने कतिपयको चलन छ । रक्सी र मासु सँगैे प्रयोग गर्दाहृदयघात,बे्रन स्टोक हुने डर हुन्छ । एक अध्ययनअनुसार थोरैभन्दा थोरै पनि रक्सी सेवन गर्ने मानिसमा दिर्घकालिन रोगहरु देखापर्ने हुन्छ ।

हामी मासु पनि राम्रोसँग पकाउन जान्दैनौ । हामी धैैरै चिल्लो मसला लगाएर पकाउँछौं । अझ एक पटक पकाउन प्रयोग गरेको तेल अर्को पटक पकाउन प्रयोग गर्नु हुँदैन । यसले उच्च रक्तचाप,मुुटु रोग, क्यान्सरसम्मको रोगको जोखिम देखापर्छ ।

खाँदा शरीरले पचाउन सक्ने थोरै खाने गर्नुपर्छ । बिहानको समयमा खानेकुरा बढी खाने तर बेलुकीको समयमा कम खानेकुरा खानुपर्छ । हामीसबैले मासुसँग कोल्ड ड्रिंक्स खान्छौं । त्यसले पनि नकारात्मक असर गर्छ । कागती प्रयोग गरेमा त्यसले हामीले खाएको मासु पनि पचाउनुका साथै स्वास्थ्यमा पनि कुनै असर गर्दैन ।

मासु पकाउँदा बोसो र छाला निकालेर कम चिल्लो राखेर पकाउने, थोरै खाने, मासुसँगै अर्को एक कचौरा सलाद खाने, मासुसँग कागती पानी खाने, फलफूल खाने,व्यायाम गर्ने आदि गरेमा नकारात्मक असरबाट बच्न सकिन्छ ।

Shares

Be the first to comment on "मुटुका बिरामीले कस्तो मासु खाने ?"

Leave a comment

Your email address will not be published.


*