तलब नपाएपछि सरकारी कर्मचारी दसैं मान्न ऋण खोज्दै

दीक्षण समाचार
दोलखा, २९ असोज
प्रदेश माताहातका कर्मचारीहरुले दसैं सुरु हुँदासम्म प्रदेश सरकारबाट तलब भत्ता निकासा नगरेपछि दसैं मान्न ऋण खोज्न थालेका छन् । टाढा टाढाका कर्मचारीहरु उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागिर खाएर लिएको तलब भत्ताले घरमा समेत खर्च पु¥याउने बेलामा उल्टै बसको टिकटको लागि समेत खर्च माग्नु पर्न अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे ।
इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागिरको ५ वर्षे अवधीमा उनी पहिलो पटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दसैं मनाउन घर फर्किए । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले भने हिजोसम्म त तलब आउला भन्ने आश थियो, अब त्यो निरासामा परिणत भयो दसैं खल्लो हुने प्रतिक्रिया दिए ।
यि माथिका प्रतिनिधि पात्र मात्र हुन् । ३ तहको सरकार मध्ये यस वर्ष ३ नं. प्रदेश मातहातका कर्मचारीहरु रित्तो हात दसैं मनाउन घर फर्केका छन् । प्रदेश सरकार माताहातका डिभिजन बन, खानेपानी, कृषि, भू संरक्षण, पशु सेवा, सिंचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरु तलब र दसैं खर्च बिनै दसैं मनाउन बाध्य भएका छन् ।
सरकारले कर्मचारीका लागि दसैं तिहार जस्ता चाडपर्व मनाउन एक महिनाको तलब बराबरको खर्च दिदैं आएको छ । तर यसपाली साउनदेखिको तलब समेत प्रदेश सरकार माताहातका कर्मचारीले पाएका छैनन् । हरेक महिना तलब बुझ्दै आएका कर्मचारीहरु ३ महिनाको तलब दसैंमा समेत नपाउँदा निरास भएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक भिष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी बाहेकको तलब आइतबारसम्म नआएको जानकारी दिए । प्रदेश तहका मन्त्रालयले आन्तरिक व्यवस्था गरेर सोमबार सोझै तलब हाल्न सक्ने जानकारी दिए । तर जिल्ला जिल्ला भू संरक्षण कार्यालय दोलखाका प्रमुख सुरेश दाहालले सोमबार दिउँसोसम्म तलब आउँने कुनै छाँट भएपछि घर हिडेको बताए ।
तलब नपाउँने कर्मचारीहरु कार्यालय सहयोगीदेखि उपसचिव तहसम्मका छन् । केही दिन अघि ४ नं. प्रदेशमा सरुवा भएका डिभिजन वन कार्यालय दोलखाका प्रमुख गोविन्द दाहालले धेरै वर्षमा यसपालीको दसैं खल्लो हुने प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमा लेखे –“खल्लो दसैं २०७५” तै पनि रुखासुखा जे छ, त्यसैले दसैं उतारौं भन्दै सबैमा शुभकामना ।”
दसैंको अघिल्लो दिन सोमबारसम्म कार्यालय खुलेका छन् । मंगलबारदेखि दसैं विदा सुरु हुँदै छ । “सोमबार दिउँसोसम्म प्रदेश सरकारबाट केही सम्बोधन हुने आशा गरेका थियौं” डिभिजन सिंचाइ कार्यालयका एक कर्मचारीले भने “अब त दसैंका लागि ऋण खोज्नु पर्ने भयो, त्यो पनि कसले पत्याउला, बालबच्चा र परिवारलाई कसरी खुशी बनाउँने अर्को चिन्ता थपियो ।” “घरमा केही हुने र आम्दानीको अन्य स्रोत हुनेले त कही गरी मनाउँलान्” अर्का कर्मचारीले भने “तर जागिरकै मात्र भर पर्नेले ४ महिनासम्म तलब नपाएर मनाउने चाडपर्व कस्तो होला आफैं सोच्नुस् ।”

Shares

Be the first to comment on "तलब नपाएपछि सरकारी कर्मचारी दसैं मान्न ऋण खोज्दै"

Leave a comment

Your email address will not be published.


*