३ करोड लगानीमा कुरीमा नयाँ होटल सुनापाती

दीक्षण समााचार
चरिकोट, २५ असोज
दसैंमा धेरैलाई नयाँ ठाउँ घुम्ने प्रचलन नेपालीहरुमा बढेको छ । नेपालका आन्तरिक पर्यटकहरुका लागि घुम्ने ठाउँहरु मध्ये अग्रपंितमा आउँछ, कालिञ्चोक । विदा, शनिबार, विभिन्न चाड पर्वहरु जस्तै दसैंमा कालिञ्चोक आन्तरिक पर्यटकहरुको रोजाइमा पर्छ ।
बडा दसैं २०७५ मा कालिञ्चोक आउनेहरुका लागि सुविधा सम्पन्न होटल सुनापातीले आन्तरिक पर्यटकहरुका लागि स्वागत गर्ने भएको छ । एक वर्षदेखि लगानी सुरु गरेको होटल सुनापाती कुरीमाहालसम्म निर्माण भएको सबैभन्दा बढी लगानीको ठूलो र सुविधा सम्पन्न होटल हो ।


दसैं लागेसँगै होटल आँशिक रुपमा सञ्चालनमा आएको होटल सुनापाती प्रालिका प्रबन्ध निर्देशक हरि ओलीले जानकारी दिए । “अहिले हाम्रो होटलको व्यवसायीक कारोबार सुरु भयो” उनले भने “तत्कालका लागि १६ वटा कोठा सञ्चालनमा ल्याएका छौं ।” फिनिसिङको काम लगायतका केही काम बाँकी रहे तापनि त्यसको पनि केही हप्तामै पूरा हुने उनले जानकारी दिए । होटलको व्यवसायीक क्षमता ३६ कोठाको हुन्छ । यो दोलखाकै सबैभन्दा ठूलो होटल हो । कालिञ्चोक दर्शनमा आउँने भक्तजनहरुका लागि लक्षित गरी खाना, नास्ता, बासको राम्रो व्यवस्था रहेको छ । चिसो ठाउँमा सकेसम्म भक्तजनलाई कुनै पनि असुविधा नहोस् भन्ने हेतुले निर्माण गरिएको होटलमा साँढे ३ करोड लगानी भएको छ । होटल साँढे २ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ ।
कालिञ्चोकको कुरीसम्मको सडक सुधार भएसँगै वर्षेनी भक्तजनहरुको समेत संख्या वृद्धिसँगै होटलको संख्या समेत बढेको छ । अहिले कुरीमा सुविधा सम्पन्न ४ दर्जन बढी होटल खुलेका छन् । कालिञ्चोक दर्शन लिमिटेडले कुरीदेखि मन्दिर नजिकसम्म निर्माण गरेको केबलकारको पनि प्राविधिक परिक्षण सफल भइसकेको छ । यसको पनि तिहार लगत्तै नियमित सञ्चालनमा आउँने भएपछि पनि कालिञ्चोकमा पर्यटक थप वृद्धि हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

Shares

Be the first to comment on "३ करोड लगानीमा कुरीमा नयाँ होटल सुनापाती"

Leave a comment

Your email address will not be published.


*