घाइते कालिज र दुम्सीको उद्धार

चरिकोट– जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटबाट घाईते अवस्थामा रहेको एउटा दुम्सी र एउटा कालिज फेला पारी डिभिजन बन कार्यालय दोलखामा पठाएको छ ।
बुधवार (आज) दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोवाटोमा घाईते अवस्थामा रहेको एउटा कालिज र भीमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्क क्षेत्रबाट घाईते अवस्थामै रहेको एउटा दुम्सी प्रहरी गस्तीले फेला पारी संरक्षणको लागि डिभिजन बन कार्यालय दोलखामा पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
डिभिजन बन कार्यालय दोलाखका नायव सुब्बा राजेन्द्र सुवेदीले प्रहरीले बुझाएको कालिजलाई बनमा छोडिएको र दुम्सीलाई उपचारको लागि डिभिजन बन कार्यालयमै राखिएको बताए ।

Shares

Be the first to comment on "घाइते कालिज र दुम्सीको उद्धार"

Leave a comment

Your email address will not be published.


*