सालकको खपटा सहित दुई जनालाई पक्राउ

चरिकोट–जिल्ला प्रहरी कार्यालय दोलखाले संरक्षित वन्यजन्तु सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय अर्जुन देवकोटा र सोही स्थानका १९ वर्षिय सौरभ गोलेलाई २ किलो ९ सय ग्राम सालकको खपटा सहित पक्राउ गरेको हो । सालकको खपटा विक्रि वितरणका लागी लैजादैँ गरेको भन्ने गोप्य सुचनाका आधारमा खटीएको प्रहरी टोलीले उनीहरुलाई दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित लामाचौर जंगलमा रहेको महादेव मन्दिर नजिकैबाट पक्राउ गरीएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले बताए ।

Shares

Be the first to comment on "सालकको खपटा सहित दुई जनालाई पक्राउ"

Leave a comment

Your email address will not be published.


*