जनसचेतनले मनायो आफ्नो २६ औ वार्षिक उत्सव

चरिकोट– जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आफनो २६ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवमा वोल्दै सककारी वैत्यश्वर गाउँपालिकाको शान भएको गाउँपालिका अध्यक्ष छवी लामाले बताएका छन । सहकारीको २६ औँ बार्षिक उत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतमा मन्तब्य राख्दै अध्यक्ष लामाले जनसचेतनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच र सम्मान प्राप्त गर्न सफल भएकाले यो सहकारी वैत्यश्वर गाउँपालिकाको इज्जत भएको दावी गरे । आगामी दिनमा वैत्यश्वरको विकासका लागि यो सहकारी सँगै हातेमालो गरिने अध्यक्षलामाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जनसचेतन सहकारीले अन्य सबै सहकारीको नेतृत्व गरेर समाजको आर्थिक अभियानमा अघि बढ्न सुझाव दिए । जनसचेतनलाई गोल्ड एक्सेस ब्राण्डमा पुग्न भित्री चलखेल गरिएको र सूचक बिगारेर नेफ्सकुनले सिफारिश नगरेकोमा आपत्ति प्रकट गर्दै यस बिषयमा आफ्नो तर्फबाट आवश्यक खोजी गरी दोषीलाई सार्वजनिक गराउने बताए ।
कार्यक्रमका अर्का बिशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष जीवसराज खड्काले अबका दिनमा सहकारी पुराना शैलीले नचल्ने भएकाले नीति, विधि र प्रविधिबलियो भएका सहकारी मात्रै बाँकी रहने बताए । साथै खड्काले जनसचेतन सहकारी पुरानो, स्थापित र माथिल्लो तहको पहँुच भएकाले यसमा नै समुदायको आर्थिक अभियानको नेतृत्वगर्न सक्ने क्षमता रहेको बताए ।
संस्थाका अध्यक्ष भीमप्रसाद दहालको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष दहालले स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल, कोषाध्यक्ष पुष्कर कुमार दहालले लगायतका संस्थापक साथै विभिन्न क्षेत्रबाट योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो कार्यक्रममा वैत्यश्वर गाउँपालिकाअन्तर्गतका वडाध्यक्षरु, सहकारीकाप्रतिनिधिहरु, पूर्व सञ्चालक, सामाजिकअगुवा, वर्तमान सञ्चालक, कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "जनसचेतनले मनायो आफ्नो २६ औ वार्षिक उत्सव"

Leave a comment

Your email address will not be published.


*