एसपी विष्ट र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्न निर्देशन ,निर्मला पन्त ‘वलात्कार’पछि हत्यामा एक जनाभन्दा बढी संलग्न रहेको आशंका

असोज २२, २०७५

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि फेरि छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

कञ्चनपुर पुगेर स्थलगत अध्ययन गरेको आयोग टोलीेको प्रतिवेदनका आधारमा सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिइएको हो ।
प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ । ‘तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ निर्देशनमा उल्लेख छ । आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुपुनः अनुसन्धान अघि बढाउनसमेत निर्देश गरेको छ निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले अब प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ । निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही र हेलचक्र्याइँ गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको र अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग नगरेको प्रतिवेदनको निष्कर्ष छ ।निर्मलाको अन्तै हत्या गरी शव उखुबारीमा ल्याएर नियोजित ढंगले राखेको हुन सक्ने औंल्याउँदै प्रतिवेदनले बलात्कारपछि हत्यामा एकजना मात्रै संलग्न नभएको आशंका गरेको छ । प्रतिवेदनले एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले दिएको बयान शंकास्पद भएको तथ्य औंल्याएको छ

 

Shares

Be the first to comment on "एसपी विष्ट र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्न निर्देशन ,निर्मला पन्त ‘वलात्कार’पछि हत्यामा एक जनाभन्दा बढी संलग्न रहेको आशंका"

Leave a comment

Your email address will not be published.


*