रक्तदान तथा राहत वितरण कार्यक्रम सम्पन्न

चरिकोट–नेपाल यातायात स्वतन्त्र मजदुर युनियनले दुर्घटनामा निधन भएका बोलेरो चालक चेतप्रसाद सापकोटाको सम्झनामा एक कार्यक्रमको आयोजना गरी रक्त दान तथा राहत वितरण कार्यक्रम गरेको छ । शनिवार सदरमुकाम चरिकोटमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर युनियन दोलखाका अध्यक्ष महेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मृतक चेतप्रसाद सापकोटाको परिवारलाई चालक तथा सहचालकहरुको तर्फबाट ३९ हजार पाँचसय रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो ।
यसैगरी सवारी दुर्घटनामा घाइते मजदुर रविकार्की लाई १२ हजार पाँचसय एक रुपैयाँ सहयोग गरिएको थियो । सोही कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदानकालागि सामूदायिक अस्पत्ताल चरिकोटका स्वास्थ्यकर्मिहरुले सहयोग गरेका थिए ।

Shares

Be the first to comment on "रक्तदान तथा राहत वितरण कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*