चीनमा बुद्धलाई जस्तै चीनियाँ नेताहरुलाई सम्मान

शरद सापकोटा
जनवादी गणतन्त्र चीनमा नेताहरुलाई उच्च सम्मानगर्ने गरिएको छ । आधुनिक चीनको लागि आन्दोलन, परिकल्पना र विकास गर्ने नेताहरुलाई स्वतस्फूर्त चीनियाँ जनताले सम्मान प्रकट गर्ने गरेका छन् । सार्वजनिक स्थान, चोक, गुम्बा, सार्वजनिक समारोहमा नेताहरुका तस्वीर राखेर सम्मान र सम्झना गर्ने गरिएको छ । चीनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङ देखि वर्तमान राष्ट्रपति सी जीनपिङ सम्मका तस्वीरहरुमा सार्वजनिक ठाउँमा स्वतस्फूर्त रुपले राखिएको छ ।
राष्ट्रिय स्तरका नेताहरु माओत्से तुङ, सोङचिङ लिङ, लिजिनिन, याङ साङ्गुन, जीयाङजमिन, हु जिन्ताओ र सी जीनपिङका साथै स्थानीयतहका नेताहरुको तस्वीर र भगवान बुद्धको तस्वीरलाई एकैसाथ सजाएर राखेको जताततै देख्न सकिन्छ । स्थानीय सरकार र त्यहाँका नेताले गरेकाविकास निर्माणका कामको बारेमा सङ्ग्रहालय निर्माण गरेर राखिन्छ जसले गर्दा भावी पुस्तालाई कामगर्ने सीप, आँट र जाँगर पैदा गरोस । भगवानले गरेजस्तै काम गरी आधुनिक चीनलाई जादुमय ढंगले विश्वमाचिनाउन योगदान गरेकाले बुद्ध र नेताको बराबर सम्मानगरिदै आएको चीनियानागरिकहरुको भनाई रहेको छ ।
राष्ट्रिय देखि स्थानीय सरकाले काम गर्दा भ्रष्ट्राचार र ढिलासुस्ती जस्ता कुराहरु सुन्नै पर्दैन । जतिबर्षको जे योजना बनाईन्छ त्यति अवधीमा सो योजना पुरा गर्नैपर्ने बाध्यात्मक अवस्था र उच्च प्रविधि सहितको ब्यवस्थित योजना बनाउने परिपाटीले छोटो इतिहासमा चीनमाअत्याधिक विकास भएको हो । विश्वले वर्तमान चीन प्रतिध्यानाकर्षण गरिरहेको अवस्था सिर्जना गर्न नेताहरुकै योगदान रहेकोले तल्लो तहका नेताहरुले समेत चीनमा उच्च सम्मान पाउने गरेका छन् । राजनीति गर्ने मानिसहरुले चीनमा गाली खानु नपर्ने र कहिल्यैपनि बेइज्जत हुनु नपर्ने चीनियाँ बुद्धिजीविहरुको भनाई रहेको छ । अरुको कुरा काट्ने बानी र फुर्सद चीनियाँहरुलाई नभएकोले सबै मानिसले काम प्रतिध्यान केन्द्रित गर्न सकिरहेको उनीहरुको भनाई रहेको छ ।
नेपालकै छिमेकी देश चीनको सिकाईले नेपालममा विकास गर्ने आँट, साहस र इच्छा शक्ति नेपाली नेताहरु र निर्वाचित जनप्रतिनिधिमा हुने हो भने वास्तविकविकास र परिवर्तन सम्भव छ । ब्यवस्थित योजना, स्पष्ट कार्यशैली, प्रविधि सहितको विकास र दक्षजनशक्ति परिचालनगर्दा परिवर्तन सम्भव छ । यति बेला जनप्रतिनिधि र नेपाली नेताहरुले चीनियाँ विकास मोडल अपनाउने हो भने विकास र परिवर्तन नजिकै देख्न सकिन्छ ।

Shares

Be the first to comment on "चीनमा बुद्धलाई जस्तै चीनियाँ नेताहरुलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*