खानेपानीका धारा निर्माणसँगै जनताले पाए सुविधा

चरिकोट – घर घरमा खानेपानीका धारा निर्माणसँगै दोलखाको कालिञ्चोक गाँउपालिका स्थित लापिलाङको बन्देथलीका स्थानीयले खाने पानीको सुविधा पाएका छन । खाने पानी निर्माण सँगै सो स्थानका वासिन्दाको पानी बोक्नुपर्ने समस्या अन्त्य भएको छ ।अधिकांस थामी बस्ती रहेको सो स्थानमा विगतमा एक घण्टा समय लगाएर बर्षौ देखी भीरमुनि सिमबाट पानी बोकेर जीविका धानेका वडा नम्बर नंम्वर ५ मा ९६ वटा धारा बनेसंगै सो समस्याको अन्त्य भएको हो । वाटर एडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल र एन्फो नेपालको समन्वयमा ३० हजार लिटरको पानी ट्याङ्की सहित एक घर ,एक धारा निर्माण गरिएको हो।
। निर्माण भएका धारा तथा पानी टङयाङकीको आइतवार उपभोक्ता समितिलाई हस्तातरण गरिएको छ । निर्माण भए २ वटा योजनाका ेनिर्माण सम्पन्न टङयाकीको साँचो गाँउपालिका प्रमुख विन कुमार थामीे तथा उपप्रमुख कालिका पाठक वाट हस्तातरण गरिएको थियो ।
“एक घर एक धारा, करेसाबारी हराभरा’” भन्ने नाराका साथ खानेपानी,सरसफाइ तथा स्वच्छता उत्थानशील कार्यक्रम मार्फत विकट वस्तिको प्रत्येक घरमा धारा अभियानले बनेपछि सार्थकता पाएको गाउँपालिका प्रमुख विन कुमार थामीले बताए । उनले यस्ता अभियान गाउँपालिकाको अन्य क्षेत्रमा गरिने पनि बताए ।
खानेपानीको निर्माणसँगै समस्या हटेको कालिञ्चोक गाउँपालिपका वडा नम्बर ५ का वडाध्यक्ष सुवास थामीले बताए । जिल्लाको अति सीमान्तकृत थामी जातिका बस्तीमा पानीको हाहाकार देखिएपछि २०७४ साल पौष १७ गते भीरमुनी सिम खानेपानी योजना र आईतबारे खानेपानी योजना गरि दुई योजना अघि सारिएको सामुदायिक विकास मन्च दोलखाका अध्यक्ष राजु थापाले बताए ।
भीरमुनी सिम खानेपानी योजनाको कुल ३१ लाख ५६ हजार नौँ सय ९५ रुपैया लागतमा निर्माण भएको हो । सो योजनामा २० हजार लिटरको ट्याङ्की र ६६ वटा धारा निर्माण भएको छ । त्यसैगरी २२ लाख ४६ हजार ३६ रुपैयाँ लागतमा निर्माण भएको आईतबारे खानेपानी योजनामा ४ हजार र ६ हजार गरि १० हजार लिटरको ट्याङ्की र ३० वटा धारा निर्माण भएको छ ।
खानेपानी वितरणलाई ं व्यवस्थित बनाउन ९६ वटै धारामा मिटर समेत जडान गरिएको छ ।
भीरमुनि सिम र आईतावारे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बनाई मीटरमा चढेअनुसार पानीको थोरै महशुल उठाइने र सोहि रकमले खानेपानी वितरणलाई सधैं व्यवस्थित वनाउने योजना बनाइएको छ ।
उक्त खानेपानी आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक, जिल्ला समन्वय सदस्य मुरारी शिवाकोटी, गै¥हसरकारी संस्था महासंघ दोलखा सचिव दिल सागर के.सी सामुदायिक विकास मञ्च नेपाल दोलखाका अध्यक्ष राजु थापा, कोषाध्यक्ष राजन श्रेष्ठ कार्यकारी निर्देशक प्रेम प्रसाद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

Shares

Be the first to comment on "खानेपानीका धारा निर्माणसँगै जनताले पाए सुविधा"

Leave a comment

Your email address will not be published.


*