सामुदायिक वनको नेटवर्किङ गोष्ठी

दीक्षण समाचार
मागापौवा, ५ असोज

सामुदायिक वनहरुको नेटवर्किङ गोष्ठी मागापौवामा सम्पन्न भएको छ । स्थानीय स्रोत र साधनको समुचित प्रयोगबाट दिगो विकासको लक्ष्य हाँसिल गर्न सहयोग पु¥याउने उद्देश्यका साथ सामुदायिक वन समूहको स्रोत परिचालनका लागि नेटवर्किङ गोष्ठ भएको हो ।
सामुदायिक वन उपभोक्ता समूह महासंघ शैलुङ गाउँपालिका स्थानीय महासंघको आयोजना र गाउँपालकाको सहयोगमा सो नेटवर्किङ भएको हो । डिभिजन वन कार्यालय दोलखा र सामुदायिक वन महासंघ दोलखाको समन्वयमा कार्यक्रम भएको हो । जिल्लाकै पहिलो पटक अभियान शैलुङ गाउँपालिका वडा नं. ४ पौवाबाट अभियान सुरु भएको हो ।
अभियानमा शैलुङ गाउँपालिकाका ११ वटा समूहका ३० जना प्रतिनिधिहरुको सहभागीता रहेको फेकोफन दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले दोलखाका ९ वटै स्थानीय तहमा सबै वन समूहहरुसँगको समन्वयमा यस्तो नेटवर्किङगठन गर्ने बताए । कार्यक्रममा सव डिभिजन वन कार्यालय मागापौवाका सहायक वन अधिकृत बच्चुराम पुडासैनी, सामुदायिक वन महासंघ प्रदेश नं. ३ का धनबहादुर तमाङ, फेकोफन शैलुङ गाउँपालिकाका अध्यक्ष झम्क कार्की लगायतको अभियानबारे जानकारी दिए ।

Shares

Be the first to comment on "सामुदायिक वनको नेटवर्किङ गोष्ठी"

Leave a comment

Your email address will not be published.


*