छछाङ्दु र जिरी नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने आधार निर्माण

शरद सापकोटा
६भाद्र, काठमाण्डौ

चीनको तिब्बत स्थित छाङ्दु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीचभगिनी सम्बन्ध कायम गर्ने बिषयमा आधारभूत प्रक्रिया सम्पन्न भएको छ । जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेलले छाङ्दु कम्युनिष्ट पार्टीका अध्यक्ष आबुसँग भेटघाट गरी जिरीको विशेषता र वास्तविकताको बारेमा सविस्तार सुनाएपछि आबु स्वयं जिरी प्रति उत्सुक र सकारात्मक रुपमा प्रस्तुतभएका थिए । छाङ्दु कम्युनिष्ट पार्टीका अध्यक्ष आबु छाङ्दु सहरलाई तीनबर्षमै नाटकीय ढंगले परिवर्तन गरेर चीनमाचर्चित ब्यक्तिको रुपमा चिनिदै आएका छन् । साथै राष्ट्रपति सि जिनपिङसँग निकट सम्बन्ध भएकाले पनि उनी चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली ब्यक्ति मानिन्छन् ।
यसैगरी शिष्टाचार भेटघाटकै क्रममा छाङ्दु नगरपालिकाका उपमेयर वाङ्दोयको नेतृत्वमा विभागीय प्रमुख सहित विभिन्न बिषयक ाअधिकृतहरुसँग संयुक्त औपचारिक बैठक बसी मेयर जिरेलले नेपाल र तीब्बत बीचको प्राचीन सम्बन्ध, नेपालकी राजकुमारी भृकुटी र तीब्बतका राजा स्रङचङ गम्पोको इतिहासलाई जोडेर नयाँ सम्बन्ध गाँस्न ुपर्ने कुरा बताए पछि छाङ्दु नगरको समग्र टोली यो सम्बन्धलाई गाँसेरै छाड्ने मनस्थितिमा पुगेको छ । जिरी र छाङ्दु बीच धेरै कुरामा समानता भए पनि प्राकृतिक स्रोतका हिसाबले जिरी निकै अगाडि रहेकाले चाँडैनै जिरीको मुहार फेर्न सकिने चिनियाँ टोलीले विश्वास राखेको छन् ।
नगर स्तरीय तहबाट गर्नुपर्ने प्रक्रियागतकामहरु पूरा भैसकेपछि जिरीको वास्तविकताबुझ्न चिनियाँ टोली नेपाल आएर स्थलगत अध्ययन गर्नेछ । चिनियाँ अध्ययन टोलीको भ्रमण पछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्र तहका नेताहरु र नेपाल सरकारका प्रतिनिधिहरुको रोहवरमा द्विपक्षीय सम्बन्ध कायम गर्ने हस्ताक्षर भएपछि अन्य सम्पूर्ण विकास निर्माण र सहयोगका बाटाहरु खुल्ने जनाइएको छ ।
जिरीका प्रतिनिधिहरुलाई चिनियाँप्राचीन र आधुनिककला शैली, औद्योगिक विकास, सहरी विकासका प्रक्रिया, संस्कृति, स्थानीय उत्पादन आधुनिक सहर निर्माणका डकुमेन्ट्री, ग्रामीण विकासको अवस्था, गुम्बाको संरक्षण र विकास, आधुनिकपार्क निर्माण शैलीलगायतकाबिषयमाअवलोकन गराईएको थियो । यो भ्रमण निकै फलदायी भएको, आफूहरु जिरी नगर विकासका लागि झनै उत्साहित भएको र सिकेका कुरालाई जिरी नगरपालिकामा तत्कालै लागू गर्ने मेयर टंक जिरेल र उपमेयर कृष्णमाया बूढाथोकीले प्रतिक्रिया दिए ।

Shares

Be the first to comment on "छछाङ्दु र जिरी नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने आधार निर्माण"

Leave a comment

Your email address will not be published.


*