मन्त्री ढुङ्गेलको प्रतिबद्धताः फिल्मसिटी दोलखामै बन्छ

ध्रुव आचार्य
चर्नावती, ६ भदौ
प्रदेश नं. ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रस्तावित फिल्म सिटी दोलखामै बन्ने दाबी गरेका छन् । चर्नावती वृद्धाश्रमको निरीक्षणमा आउका मन्त्री ढुङ्गेलले फिल्म सिटी कस्ले सार्छ भनेर प्रतिप्रश्न गरे । उनले बाह्रविसेदेखि प्रस्तावित फिल्मसिटी डाङडुङेडाँडासम्म केबलकार बन्ने समेत दाबी गरे ।
“फिल्म सिटी प्रदेश सरकारको प्राथमिकतामै छ, यो कसैले रोक्न सक्दैन” उनले भने “सडक, विजुली, खानेपानी लगायतका पूर्वाधारका काम भइरहेका छन् ।” मन्त्री ढुङ्गेलले स्थानयिलाई सहर जाने नभई आफ्नै गाउँमा सहर बनाउन लाग्न आग्रह गरे । आलुमा शैलुङ्ग परिचित रहेको बताउँदै अब आलु बेच्ने होइन चिप्स बनाउँने उद्योग खोल्न आग्रह गरे । आलुचिप्स उद्योगका लागि प्रदेश सरकारले लगानी गर्ने समेत प्रतिबद्धता गरे । उनले मुडे–मेलुङ सडक लगायतका पूर्वाधारका काममा प्रदेश सरकारले सहयोग गर्ने बताए ।
पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले फिल्म सिटीमा अहिलेसम्म जति भयो आफूले नै गरेको दाबी गरे । “फिल्म सिटीमा हिजो पनि जति भयो मेरै कारण भयो” उनले भने “अब पनि फिल्म सिटी निर्माणका लागि आफैं लाग्ने छु, जसरी पनि बन्छ ।” उनले चर्नावतीलाई उत्तर–दक्षिण राजमार्गको लागि पर्यटकीय स्थल बन्ने दाबी गरे ।
उनले निमार्ण व्यवसायीलाई समयमै निर्माण पूरा गर्न आग्रह गरे । भवन बाहेकको संरचना तयार गर्नका लागि थप रकम निकासा गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरे । थप संरचना निर्माणका लागि ६० लाख लाग्ने अनुमान छ ।
शैलुङ गाउँपालिका वडा नं. ७ चर्नावतीमा निर्माणाधिन वृद्धाश्रम सहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत डिभिजन कार्यालय दोलखाद्वारा निर्माणाधिन छ । ३ तलाको नेपाली वास्तुकला झल्कने गरी आधुनिक भवनमा ८१ जनाको क्षमता रहेको कार्यालयले जनाएको छ । भवन २ करोड ५४ लाख रुपैयामा निर्माण भइरहेको छ ।
कार्यक्रममा वडाध्यक्षहरु हिरा थोकर, इश्वर कोइराला, धावावाङ्देल लामा, महेश काफ्ले, सम्सेर घिसिङ लगायतले समसामयिक विकासका विषयमा प्रदेश सरकार समक्ष माग राखेका थिए । चर्नावती विकास तथा प्रर्वद्धन समिति दोलखाा अध्यक्ष गुणबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष पर्यटन र सडकका योजनामा प्रयाप्त बजेट विनियोजन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।

Shares

Be the first to comment on "मन्त्री ढुङ्गेलको प्रतिबद्धताः फिल्मसिटी दोलखामै बन्छ"

Leave a comment

Your email address will not be published.


*