अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित

काठमाडौं  – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको हो । यसअघिका दुई खेलमा नेपालले समान १ जित र हारको नतिजा निकालेको थियो । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११  ३८ ओभर ५ बलमा १ सय १५ रनमा समेटियो । नेपालको कसिलो बलिङसामु इस्टका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । डारेन आइरोन साइडले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन नेपालको कसिलो बलिङसामु फितलो बनेको थियो । भाज पुरेवलले २२ रन बनाए । सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कार्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साह शतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा अनिलले १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेका थिए । यस्तै शरद भेषवाकरले पनि शतकीय योगदान दिए । मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके । ८६ बल खेलेका शरद ९८ रनमा आउट भए । टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

ओपनर सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भएका थिए । सोमपाल कामीले २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए । करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए । अर्सलन खानले ३ विकेट लिए । नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए । इस्ट लन्डन–११ ले केही बेरमा ब्याटिङ गर्नेछ ।

लर्डस्मा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो । अब नेपालले एक अभ्यास खेल खेल्न बाँकी छ ।

Shares

Be the first to comment on "अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित"

Leave a comment

Your email address will not be published.


*