११ बुदे सयुक्त प्रतिबद्धतापत्र जारी गर्दै सकियो जिल्ला समन्वय समितिको बैठक

चरिकोट–ंदोलखाको सदरमुकाम चरिकोटमा चार जिल्लाका समन्वय समितिका पदाधिकारीको बैठक ११ बुदे सयुक्त प्रतिबद्धता जारी गर्दै बुधवार सकिएको छ । दोलखा ,रामेछाप सिन्धुली तथा सिन्धुपाल्चोकका प्रमुख, उपप्रमुख एबंम सदस्य सयुक्त बैठकले नेपालको स्थानीय सरकार संन्चालन ऐन २०७४ मा जिल्ला सभा र जिल्ला समन्वयलाई तोकिएको कार्य जिम्मेवारी अन्र्तगत स्थानीय तहको क्षमता विकास ,समन्वय अनुगमन तथा सन्तुलन विकासका कार्यलाई दक्ष र प्रभावकारी ढङगले सम्पादन गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सरकारले जिल्ला सभालाई आवस्यक पर्ने बजेट उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे बताए । जिल्ला सभा संन्चालन गर्न प्रदेश कानुन बमोजीम हुने भनिएको र त्यस कानुन व्यवस्थाको लागि प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । समन्वय समितिले स्थानीय तह सरकारी तथा गै¥हसरकारी संघसंस्था बाट संन्चालित योजना र कार्यक्रम अनुगमन समन्वय र क्षमता गर्ने तथा सन्तुलित विकास कायम गर्न आवस्यक सुझाव दिने व्यवस्था भए बमोजिम कानुनी ब्यवस्था गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख पाण्डे बताए ।

 

Shares

Be the first to comment on "११ बुदे सयुक्त प्रतिबद्धतापत्र जारी गर्दै सकियो जिल्ला समन्वय समितिको बैठक"

Leave a comment

Your email address will not be published.


*