“५ वर्षपछि हामी अरु सरकारलाई ऋण दिने हैसियतमा हुन्छौं”

????????????????????????????????????

युधिष्ठिर खड्का
अध्यक्ष, विगू गाउँपालिका

विगू गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड ७१ लाख ८० हजारको बजेट असार १० गते गाउँ सभामा प्रस्तुत गरेर त्यसको १० दिन भित्रै पास ग¥यो । चिनियाँ सिमासँग जोडिएको गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्यलाई जोड दिएको छ । माथिल्लो तामाकोसी सहित ठूला जलविद्युत आयोजनाहरुको निर्माणस्थल रहेको विगू प्राकृति स्रोत साधनका हिसावले देशकै अब्बल स्थानीय तह मानिन्छ । निर्माण व्यवसायीको रुपमा परिचित लादुकबासी युधिष्टिर खड्काले गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि ध्यान केन्द्रित पनि सडक लगायतका पूर्वाधार विकासमै जोड दिएका छन् । प्रस्तुत छ, दीक्षण दैनिकका लागि अध्यक्ष खड्कासँग सम्पादक श्रृजन घिमिरेले विगू गाउँपालिकाको विकास योजनाका सन्दर्भमा गरिएको अन्र्तवार्ता ः

तपाई गाउँपालिका अध्यक्ष भएको एक वर्ष भयो, एक वर्षे कार्यकाल कस्तो रह्यो ?
हामी निर्वाचित भएर आएको एक वर्ष पुग्यो । गत वर्ष निर्वाचित हुने वित्तिकै नीति तथा कार्यक्रम र बजेट हतार हतारमै बनाउँनु प¥यो । निर्वाचन अघि जुन उत्साहले हामी आएका थियौं, तर अहिले त्यस्तो त छैन । स्थानीय तहको सरकार छुट्टै भने तापनि केन्द्रले तोकेको सीमित बजेटमा काम गर्नु पर्दा सोचे अनुसारको काम गर्न पाइएन । यही बेला प्रदेश र केन्द्रको पनि निर्वाचन भए । पहिलो वर्ष सोचे अनुसारको हामीले काम गर्न नसके तापनि राम्रो सुरुवात गरेका छौं । यसले अबको यात्रा सुखद् हुने विश्वास गरेका छौं ।
 एक वर्षको बीचमा खास केके काम गर्नु भयो ?
हाम्रो गाउँपालिका ३ नं. प्रदेशकै सबैभन्दा ठूलो भूगोल भएको गाउँपालिका हो । दोलखाको अति दुर्गम क्षेत्र पनि यसैमा छ । छरिएर रहेको बस्ती भएकाले विकासका पूर्वाधारहरु सडक, खानेपानी, सिंचाइ, विद्यालय, विद्युतीकरण पु¥याउन असाध्यै खर्चिलो छ । सडकको समस्या भएकाले हामीले सडकमै ध्यान दिएका दियौं । हरेक वडा केन्द्रबाट गाउँपालिकासम्म यातायात चल्न सक्ने बनाएका छौं । सडकको मापदण्ड बनाएर काम गरेका छौं । पछिसम्मलाई सडकलाई चाहिने जग्गा समेत अहिले नै छाडेर सडक खनेका छौं । धेरै सडकका ट्रयाक खोलेका छौ । अब ठिङ्साङ–विगू–चिलंखा–लामाबगर सडकको वडा नं. ४ र ५ को बीचमा ३ किलोमिटर र ओराङ–गोंगरखोलाको बीचमा ५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यो सडक तयार भएपछि सिंगटी गोंगर पुग्ने वैकल्पिक मार्ग पनि खुल्ने छ । ओराङ–गोंगर खोला खण्डमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले समेत सहकार्य गरेको छ ।
त्यस्तै गरी गाउँपालिकास्तरी अरु सडकहरुमा सोरुङखोला–ढाक्रेबोट–विगू, सोरुङखोला–बुक्माडाँडा–साङबा परेको छ । यसको चौडा पार्ने र स्तरोन्नतीको काम पनि भइरहेको छ । सोरुङखोला–ढाक्रेबोट ५ किलोमिटर खण्डमा विश्व खाद्य कार्यक्रमले काम सुरु गरेको छ ।

 सडक बनायौं त भन्नु भयो, तर वर्षात्मा त अब बन्द भएनन् ?
हामीले सिमित बजेका कारण एक वर्षमा सबै १२ महिना चल्न सक्ने बनाउँन सकेनौं । तर हिउँदमा पनि चिलंखा हुँदै आलम्पू, विगूसम्म नियमित बस चलायौं । अहिले वर्षा लागेपछि पनि सोरुङसम्म नियमित बस जान्छ । कति ठाउँमा सडक विस्तार भइरहेकाले पनि गाडी चल्न सकेको छैन ।
हामीले सडकलाई दुरुस्त राख्नका लागि उपकरणहरु पनि जोडेका छौं । सडकमा उपकरण भाडामा नै धेरै खर्च हुने महसुस गरेर निर्वाचित भएर आउँने वित्तिकै स्काभेटर, व्याकहोल, ट्रिपर खरिद ग¥यौं । यसको सुरुमा बाहिरबाट सामान्य विरोध पनि आयो तर अहिले सबैले महसुस गरेर अरु स्थानीय तहले पनि खरिद गर्न थालेका छन् । ३४०० थान जाली र हिमपाइप खरिद गर्ने प्रक्रियामा छौं । यो चाँडै हुन्छ । अब नियमित चल्ने सडकको जहाँ पहिरो जान्छ, पहिरो पन्छाउन र ग्याविन भरेर चल्ने ठाउँमा उपकरणहरु तयारी अवस्थामा राखेका छौं ।
 आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्नु भयो, त्यसमा के कार्यक्रमलाई प्राथमिकता दिनु भएको छ ?
हामीले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेका छौं । संभवतः सबैभन्दा पहिला बजेट पास गर्ने स्थानीय तह मध्ये हामी अगाडी नै हुनु पर्छ । यो वर्ष सडक पछि शिक्षालाई नै जोड दियौं । आगामी वर्ष शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं । सडकमा बाँकी ट्रयाक खोलेर अरु स्तरोन्नती गरेर वर्षैंभरी चल्ने सक्ने बनाउने हो । कक्षा ५ सम्मका बालबालिकालाई विद्यालय पोशाक, झोला, विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी, शिक्षकलाई तालिम निजी स्रोतबाट तलब खाने शिक्षकहरुलाई गाउँपालिकाबाटै तलब खुवाउने कार्यक्रममा समेटिएका छन् । स्वास्थ्य सेवा सबैंको पहुँच पु¥याउने, एक घर एक धारा र शौचालयको कार्यक्रम छन् । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्ने जस्ता कार्यक्रम छन् ।
सिंगटीमा एकीकृत सेवा केन्द्र बन्दै छ । त्यो पूरा भएर संचालनमा ल्याउँछौं । ७ वटा पक्कि पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै छौं । अहिले पनि विगूका अधिकाँश घर अध्यारोमै वस्नु पर्ने अवस्था भएकाले विद्युतीकरणमा ध्यान दिनेछौं ।

 शिक्षकलाई त केन्द्र सरकारले नै तलब भत्ता दिन्छ नि, गाउँपालिकाबाट पनि फेरि किन दोहोरो भएन र ?
हो, केन्द्र सरकारले पठाएका शिक्षकलाई तलब उतैबाट आउँछ । तर हाम्रोमा त भौगोलिक विकटताका कारण केन्द्रको सबै मापदण्ड पुग्दैन । पछि खुलेका माविहरु भएकाले दरबन्दी कम हुँदा निजी स्रोतबाट शिक्षक राखेर चलाउँनु परेको अवस्था छ । चालु आर्थिक वर्ष मात्र शिक्षकको तलबमा मात्र ३६ लाख खर्च भएको छ । आउँदो वर्ष यो खर्च बढेर ५० लाख पुग्ने अनुमान छ । हाम्रा विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर पढ्नकै लागि सहर बस्नेहरुलाई गाउँमै फर्काउने अभियान छ ।
 यति धेरै काम गर्न बजेटले पुगेको छ ?
हामीलाई काम गर्नका लागि अहिले समस्या नै बजेटको छ । आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि ३५ करोड ७१ लाख ८० हजारको बजेट पास गरेका छौं । यो बजेट भनेको वडातहबाट माग भइ आएका योजनाको ५० प्रतिशत पनि धान्दैन । तर पनि हामी जति छ त्यसैलाई व्यवस्थापन गर्ने कोसिस गर्दै छौं । हाम्रो बजेट भनेको वित्तीय समानीकरण अन्र्तगत ११ करोड २८ लाख, सशर्त अनुदान केन्द्रको १२ करोड ४५ लाख, राजश्व १ करोड, प्रदेशबाट ससर्त १ करोड २२ लाख समानीकरण ७६ लाख आन्तरिक आम्दानी २ करोड रहेको छ ।
विगू त ३ नं. प्रदेशकै ठूलो गाउँपालिका स्रोत र साधनले पनि सम्पन्न छ तर त्यस्तो अभाव के भयो ?
हो, यो गाउँपालिका प्रदेशकै सबैभन्दा ठूलो र स्रोतसाधनले पनि सम्पन्न छ । भर्खरै पूर्वाधार विकासको काम सुरु भएकाले भौगोलिक क्षेत्र अनुसार ठूलो लगानीको आवश्यक छ । स्रोत साधन जलस्रोत र जडिबुटी, वन नै हुन् । तर माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् । जडिबुटी वनको स्रोत परिचालन गर्न संरक्षण क्षेत्र भएकाले त्यसको पनि आफ्नै कानुन छन् हामीले प्रयोग गर्न सक्दैनौं । आन्तरिक स्रोत अहिले नै केही छैनन् । गाउँका जनतालाई जथाभावी करको भारी एकैचोटी करको भारी बोकाउनु पनि हुन्न विस्तारै कर तिर्ने बानीको विकास गराउने हो । हाम्रो अहिलेको भरपर्दो आन्तरिक स्रोत भनेको घरधुरी कर र मालपोत मात्रै हो ।
हाम्रो यो कार्यकाललाई अप्ठ्यारो छ । तर अबको ५ वर्षपछि यहाँको निर्माणाधिन जलविद्युत आयोजनाहरु बनेपछि हामी अरु स्थानीय तहलाई नै ऋण दिन सक्ने हैसियतमा पुग्न सक्छौं । त्यसको पूर्वाधार हामी पनि बनाउँदे छौं ।
 ४ वर्षपछिको विगू गाउँपालिका कस्तो हुन्छ ?
समृद्ध विगू गाउँपालिका बनाउन हाम्रो क्रियाशिलता हो । त्यसैमा हाम्रा जनप्रतिनिधिहरु, कर्मचारीहरु लागेका छौं । समृद्ध भन्ने वित्तिकै अबको ४ वर्षपछि हरेक घरमा स्वच्छ खानेपानीको धारा, शौचालय हुने छ । टोलटोलमा १२ महिना चल्ने सडक हुनेछ । गुणस्तरीय शिक्षाका लागि र रोजगारीका लागि कोही पनि गाउँ छाड्नु पर्दैन । सिंगटी व्यवस्थित सहर हुनेछ । नागरिकको जीवनस्तर अहिलेकोभन्दा धेरै माथि हुने छ । खेती र पशुपालनलाई व्यवसायिक बनाउँने छौं र विगूको आलुको ब्राण्ड बनाउँछौं ।

Shares

Be the first to comment on "“५ वर्षपछि हामी अरु सरकारलाई ऋण दिने हैसियतमा हुन्छौं”"

Leave a comment

Your email address will not be published.


*