विश्वकपमा मेस्सीको जादु चल्न सक्छ ? यस्तो छ इतिहास

एजेन्सी । विश्वकप फुटबलको समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो डेब्यु खेलमा नै बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग आइसल्याण्डले खेल्न लागेको हो ।

स्पार्टक रंगशालामा नेपाली समयअनुसार ६ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।  दुबै टिम आफ्नो पहिलो खेलमा जित हात पार्दै विश्वकपमा शानदार सुरुवात गर्ने दाउमा छन् । बलियो प्रतिद्वन्द्वीविरुद्ध विश्वकपको पहिलो खेल खेल्न आइसल्याण्डलाई निकै गाह्रो हुन सक्ने आकलन गरिएको छ । तर पनि दुईवर्षअघि युरोपियन च्याम्पियनसिपमा आइसल्याण्डको सशक्त उपस्थिति थियो ।

विश्वकपमा अर्जेन्टिनाको यस्तो छ इतिहास

विश्वकपमा अर्जेन्टिना आफुलाई सशक्त टिमको रुपमा मैदान उतार्ने तयारीमा रहेको छ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप खेल्दैछ । पाँचपटकका विश्व वर्षखेलाडीसमेत रहेका मेस्सी अर्जेन्टिनाको तर्फबाट विश्वकपको उपाधि उचाल्न चाहन्छन् ।

विश्वकपमा दुई पटक अर्जेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ । तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएको छ । त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तितो इतिहास छ । तर, त्यो तितो इतिहासलाई बदल्ने रणनीतिमा अर्जेन्टिना छ ।

८८ वर्षे विश्वकपको इतिहासमा अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ । विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा १८औं पटक अर्जेन्टिना विश्वकपमा सहभागि भईसकेको छ भने यो १९ औं सहभागिता हो ।

अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि उचाल्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
सन् १९९० मा भएको विश्वकपको उपविजेता बनेको अर्जेन्टिना सन् २०१४ मा भएको विश्वकपमा पनि उपविजेतामै चित्त बुझाएको थियो ।

प्लेयर्स टु वाच

लियोनल मेस्सी

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सीले फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।

सन् २०१० मा अर्जे्न्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा  नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरानविरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।

त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।

मेस्सीलाई फेरि पनि यो अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो ।

एन्जल डि मारिया

एन्जल डि मारिया निकै अनुभवि खेलाडी हुन् । ३० वर्षीय मारिया अर्जेन्टिनाका एक शसक्त खेलाडी हुन् । २०१४ मा अर्जेन्टिनाका सशक्त खेलाडी मध्यका हुन् डि मारिया ।  मिड्फिल्डर मारियाको सन् २०१० को विश्वकप पहिलो थियो । मारिया यो विश्वकपमा पनि अर्जेन्टिनाको मुख्य रोजाइका खेलाडी हुन् ।
२०१४ को विश्वकपमा मारियाले स्वीट्जरल्याण्ड विरुद्ध १ गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा अर्जेन्टिनाले २०१४ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मारिया लङ सर्ट प्रहार गर्न निकै माहिर मानिन्छन् ।

विश्वकपका लागि अर्जेन्टिना टिम

गोलरक्षक – सर्जियो रोमेरो, विली कबाल्लेरो, फ्रान्स्को अर्मानी

डिफेन्डर – जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना, क्रिस्टियन अन्सल्डी

मिडफिल्डर – म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन, इडुर्वाडो साल्भियो

फरवार्ड – लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला, गोन्जालो हिगुईन

आइसल्याण्ड विश्वकपमा डेब्यु गर्दै

आइसल्याण्डको यो पहिलो विश्वकप हो । आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फड्को मार्ने लक्ष्य आइसल्याण्डको रहेको छ । २०१६ को युरोकपमा अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्म पुगेको आईसल्याण्ड रसिया विश्वकपमा पनि त्यस्तै जादु गर्ने रणनीतिमा छ ।

प्लेयर्स टु वाच

गिल्फी सिगुर्डसन

गिल्फी सिगुर्डसन आइसल्याण्डका आक्रमक मिड्फिल्डर हुन् । आइसल्याण्डबाट विश्वकप टिममा छनोट भएका खेलाडी मध्ये सर्वाधिक गोलकर्ता पनि हुन्, सिगुर्डसन । सिगुर्डसनले अहिलेसम्म ५७ खेलबाट १९ गोल गरिसकेका छन् । २८ वर्षीय सिगुर्डसनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।

सन् २०१६ को युरोकपमा पनि महत्वपूर्ण भूमिका निभाएका सिगुर्डसन राम्रो लयमा देखिएका छन् । आइसल्याण्ड विश्वकपमा पहिलो पटक छनोट हुदा उनी भूख्य खेलाडी थिए ।

अल्फ्रेड फिनबोगासन 

अल्फ्रेड फिनबोगासन आइसल्याण्डका अनुभवि फरवार्ड हुन् । उनी माथि आइसल्याण्ड टिमको निकै विश्वास छ ।  फिनबोगासनले आफ्नो टिमलाई जित दिलाउन सक्ने हैसियत राख्दछ । उनले अहिलेसम्म ४७ खेलबाट १३ गोल गरेका छन् । २९ वर्षीय फिनबोगासनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।

विश्वकपको लागि आइसल्याण्ड टिम

गोलरक्षक – ह्याण्ड थोर हल्डरसन, रुनार रर्नसन, फ्रेड्रिक स्क्राम

डिफेन्डर– कारि आर्नसन, एरि स्केलसन, विरकिर सेभरसन, सेभरिर इंगासन, होरदुर म्याग्लसन, होल्मार आइजल्फ्सन, रग्नार सिर्गडसन

मिडफिल्डर – जोहान ग्राउण्डन्डसन, बिरकिर बर्जनन,  आर्नोस ट्रान्सटसन, इमिल्लेफ्रेडसन, गिल्फी सिगुर्डसन, ओलिफुर स्कुलासन, रुरिक गिस्लासन, सामुअल फिर्डजोनसन, आरोन गुनारसन

फरवार्ड – अफ्रेड फिनबोगासन, बर्जन सिगुर्डसन, जोन डैडी बोडरसन, अल्बट गुदुडसन

Shares

Be the first to comment on "विश्वकपमा मेस्सीको जादु चल्न सक्छ ? यस्तो छ इतिहास"

Leave a comment

Your email address will not be published.


*