छोरीको मृत्युको खबरले बुवाको हृदयघातबाट ज्यान गयो

चरिकोट–संसारमा बावु आमालाई सवै भन्दा सन्तानको माया हुन्छ । सन्तान गुमाएको पिडा सहन नसेकर सोमबार लादुकमा एक जनाको ज्यान गएको छ । बोलेरो दुर्घटनामा परी छोरीको मृत्युको खबर सुनेका बुवाको हृदयघातबाट मृत्यु भएको हो । आइतबार साँझ बोलेरो दुर्घटनामा परी छोरीको मृत्युको खबर सुनेर राति करिब साँढे ९ बजेतिर बिहोस् भएका विगु गाउँपालिका(४ लादुकका ७१ वर्षीय भुवनसिंह खत्रीको सोमबार बिहान करिब ८ बजेतिर मृत्यु भएको विगु गाउँपालिकाका स्थानीयले जानकारी दिए । दुर्घटनामा परी मृत्यू भएका बाबु र छोरी सोमबार पोष्टमार्टम पछि तमाकोशीमा अन्तेष्टी गरिएको स्थानीय बताएका छन ।
विगु गाउँपालिका(४ लादुकको खहरेमा आइतबार राति बोलेरो दुर्घटना हुँदा खत्रीकी ४५ वर्षीय छोरी ईश्वरी थापाको मृत्यु भएको थियो ।उक्त घटनामा परी सोही वडाका ५० वर्षीय टिकाबहादुर कार्कीको पनि मृत्यु भएको थियो। आइतबार राति बा१४प १६८१ नम्बरको बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका ५ जनालाई सिंगटी अस्पतालमा प्राथमिक उपचार पछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य ३ जना घाइतेको सिंगटीस्थित प्राथमिक स्वस्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । क्षमताभन्दा बढी भार बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ

Shares

Be the first to comment on "छोरीको मृत्युको खबरले बुवाको हृदयघातबाट ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*