प्रथम मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि माउन्ट भ्याली एकेडेमीलाई

चरिकोट– ‘सेभेन ए साइड’ प्रथम भीमेश्वर मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि माउन्ट भ्याली एकेडेमी चरिकोटले जितेको छ । शनिवार भएको फाइनल खेलमा इको टिपार्क ‘ए’ लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउदै उपाधी जितेको हो । प्रतियोगितामा प्रथम र द्वितीय भएका टिमलाई सिल्ड मेडल प्रमाणपत्र सहित नगद क्रमशः ४० हजार र २० हजार पाएका छन भने सेमिफाइनलमा पुगेका २ टिमलाई टाइगर टिम तिखातल र इको टि पार्क ‘वि’ लाई पनि प्रमाणपत्र सहित ५ र ५ हजार प्रदान गरिएकोे छ ।


पुरस्कार वितरण गर्दै भीमेश्वर नगरपालिकाको मेयर भरत बहादुर केसीले नगरपालिका यस्ता खेललाई निरन्तरता दिने बताए । त्यसैगरी यो प्रकारको खेलले खेलाडिलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनाउने मात्रै नभई अनुशासनमा समेत राख्ने बताउदै मेयर केसीले आउदो वर्ष पनि यो भन्दा व्यवस्थित तरिकाले प्रतियोगिता गराउने प्रतिबद्धता जाहेर गरे । भीमतियोगिता जम्मा १७ टिमले सहभागीता रहेको थियो ।

Shares

Be the first to comment on "प्रथम मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि माउन्ट भ्याली एकेडेमीलाई"

Leave a comment

Your email address will not be published.


*