योजना छनोटको लागि वडा स्तरिय भेला गदै भिमेश्वर नगरपालिका

प्रभु जिरेल

जेठ ११ ÷ भीमेश्वर नगरपालिकाको वडा स्तरिय पुर्व योजना तर्जुमा तथा परामर्श छलफल कार्यक्रम विहिबार बाट सुरु भएको छ । आव २०७५÷७६ को निति तथा कार्यक्रम एवंम बजेट तयार गर्नको लागि प्रत्येक वडामा नगरवासीको सहभागितामा आयोजना गरिएको वडा स्तरिय पुर्व योजना तर्जुमा परामर्श कार्यक्रम आज भिमेश्वर नगरपालिका वडा न ४ र ६ मा सम्पन्न भएको हो । नगर बासीको आवश्यकताको पहिचान गरि सम्बोधन हुन सक्ने, वातावरण संरक्षण हुने पुर्वधारको स्तरोन्नती तथा लाभको न्यायोचित वितरण हुने उदेश्यले कार्यक्रमको आयेजना गरिएको नगर प्रमुख भरत बहादुर केशीले बताउनु भयो । नगरभित्रका प्रत्येक वडामा वडा स्तयरीय पुर्व योजना तर्जुमा गोष्ठी गरिने र गोष्ठीमा उठेका विषयहरुमा केन्द्रित भएर नगरको विकास बजेत तथा नीति निर्माण गरिने केशीको भनाइ छ । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई बढिभन्दा बढि सहभागीतामुलक बनाउन पहिलो पटक वडा स्तरिय पुर्व योजना तर्जुमा गोष्ठी आयेजना गरिएको भिमेश्वर नगरपालिका कार्यकारी अधिकृत शंकर नेपालले जानकारी दिनुभयो । भेलामा वडाको सम्बृद्धिका आधारहरु पहिचान गरिेने, वडाको दश वर्षे दुरदृष्टि पहिचान गरिने, वडाको आगमी चार वर्षको प्राथमिकता पहिचान गरिने र भैरहेका पुर्वधारहरुको स्तरोन्नती गरि दिगो बनाउने खालका योजनाहरुमाथि छलफल गरिने छ । जेठ १० गते बाट सुरु भएको सो कार्यक्रम वाड न ७ र ८ मा जेठ १० गते र वडा न ४ र ६ मा जेठ ११ मा सम्पन्न भएको छ । त्यसै गरि वडा न ३ र ५ मा जेठ १२ गते वडा न १ र २ मा जेठ १३ गते र जेठ १४ गते वडा न ९ मा कार्यक्रम हुने भीमेश्वर नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "योजना छनोटको लागि वडा स्तरिय भेला गदै भिमेश्वर नगरपालिका"

Leave a comment

Your email address will not be published.


*