दोलखामा शुरु भयो रातो मच्छिन्द्रको रथयात्रा

चरिकोट–ऐतिहासिक दोलखा सहरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा पाँचौ दिन पुगेको छ । आइतबारबाट सुरु भएको रातो मछिन्द्र नाथको रथ यात्रा विहीबार पाँचौ दिन पुगको हो । । ९ दिनसम्म चल्ने मछिन्द्रनाथको यात्रा पहिलो दिन पिङ्गलमा मछिन्द्रको मूर्तीलाई दुधले नुहाएर सुरु भएको हो ।
डोकुलुङ्गामा रहेको रातो मच्छिन्द्रलाई चैत पूर्णिमाका दिनशनिबार मूर्तीलाई दुधले नुहाएर पिङ्गल टोलमा बाजागाजासहित रथारोहण गरेपछि सोमबाररदेखि रथ तान्न सुरु भएको छ । करुणामयी, लोककल्याणकारी र सहकालको देवता ठानिने मच्छिन्द्रको रथलाई विभिन्न भागबाट आएकाहरुले तानेर धर्म कमाउने उदेश्य राखे । दोलखा बजारका स्थानीय महिला ब्रतालुहरुले चाही“ सा“झ रथ तान्न थालेपछि पूजापाठ गरेर मात्र भोजन गर्ने परम्परालाई यस बर्ष पनि निरन्तरता दिएका छन् ।
रथतान्ने जात्राको अन्तिम दिन करुणामय अवलोकितेश्वर मच्छिन्द्रनाथको रथ ऐतिहासिक दोलखा सहरको पिङ्गल टोलबाट ड्वाल्ङा टोलमा पु¥याई सम्पन्न गरिने स्थानीय कालिञ्चोक युवा क्लबका संयोजक भरत नारायण प्रधानले बताए ।
वि.सं. १५७५ देखि राजानन्द देवले सुरु गरेको जात्रा पछिल्लो वर्षहरुमा भने स्थानीय कालिञ्चोक युवाक्लबले निरन्तर गर्दै आएको छ । रथ तान्ने जात्रा निरन्तर गर्न करिब वि.सं. १६५० ताका राजा बासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोवस्त गरेका थिए । अहिले त्यो स्रोत गुम्दै गएपछि जात्रा चलाउन निकै कठिन परेको प्रधानले बताए । अहिले स्थानीय तहको सरकार बने तापनि परम्परागत धार्मिक पर्व संरक्षणमा स्थानीय सरकारले कुनै चासो नदिएको उनले गुनासो गरे ।
पहिलो दिनपिंगलबाट नक्छे टोलमा विश्राम गरिएको रथ यात्र दोस्रो दिन पुर्खुसी टोलमाबास बसाइन्छ । तेस्रो दिन टसिचा टोलमा पु¥याइन्छ भने चौथो दिन जात्राको विशेष दिन मानिन्छ । राजकुलेश्वरबाट स्वयम्भुमा पु¥याउने रथलाई निकै कठिन मानिन्छ । टासिचाको रास्नीको उकालोमा रथ तान्नु पर्ने भएकाले परदेश बसेका दोलखाबजारबासीहरु र चेलीहरु समेत आइपुग्छन । दोलखा बजारमा विशेष पर्व मानिने यो दिन उपत्यकाबाट नेवारी समुदायहरुको बिशेष उपस्थिति हुन्छ । उकालोमा रथ बिग्रने भयपनि हुन्छ । त्यसो भयो भने रथयात्राको समय महिनौ लम्बिन पनि सक्छ ।
खचाखच भरिएका जात्रे र अन्य सहयोगीको बलमा रथलाई स्वयम्भु पु¥याएपछि कठिन कार्य सम्पन्न मानिने उनले बताए । स्वयम्भुबाट रथलाई दुंगल टोल लगिन्छ । पाँचौ दिनपुनः पिंगलमा विश्राम राखेको रथबाट मच्छिन्द्रलाई झिकेर डोकुलुङ्गामा लगरे ९ दिनको दिन एक बर्षलाई थन्क्याउने चलन छ । आबश्यक स्रोत अभाव र वस्ती विस्तारले रथ तान्न कठिन पर्न थालेपछि २०३९ देखि ०५३ सालसम्म रथयात्र राकिएको थियो । त्यो बेलाकरिब १४ बर्षसम्म खट बनाएर भएपनि देवतालाई तोकिएको टोलहरुमा पु¥याएको थियो ।
केटाकेटीदेखि बृद्धासमेत भेलाभई रथलाई तान्ने चलन छ । रथ तान्ने क्रममा व्यवधान आउन नदिन रथमा एक जना वसेर निर्देशित गर्छन । बाटामा रहेका विजुलीको तार हटाउन प्राधिकरणबाट खटि आएका कर्मचारी सक्रिय हुन्छन् । प्राचीन महत्वको छापिएका ढुङ्गाहरु उप्किएर खाल्डा खुल्डी परेका ठाउ“मा टालटुल गर्दै रथ अघि बढाउनु पर्छ ।
रथयात्राको महत्वलाई ललितपूर पाटनबाट दर्शनका लागि आएका शाक्य, महर्जन लगायत परिवारले थप परिभाषित गरेपछि यसको महत्व झन् बढेको छ । टा“सिचाको उकालोमा कठिनसाथ रथ तानेको देखेर उनीहरुले रथको स्तरबृद्धिमा सहयोग पनि गरेका छन् । नेपाल संवत ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मच्छिन्द्रनाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख भएको पाइएकाले उक्त स्थानका शाक्यहरु प्रत्येक बर्ष जात्रामा दर्शनका लागि आउछन् । यो जात्राका कारण पाटन र दोलखाको प्राचीन र सांस्कृतिक सम्बन्ध रहेको भनाई स्थानीयको छ । यो जात्रानेपाल संबत ६३९ देखि सुरु भएको ताम्रपत्रमा उल्लेख भएको प्रधानले बताए ।

Shares

Be the first to comment on "दोलखामा शुरु भयो रातो मच्छिन्द्रको रथयात्रा"

Leave a comment

Your email address will not be published.


*