दोस्रो किस्ता लिन चैतसम्म

चरिकोट–भूकम्प पीडितले दोस्रो किस्ताको अनुदान रकम लिने समय तीन महिनाका लागि थप भएको छ ।
सरकारले दोस्रो किस्ता वितरण गर्ने म्याद चैतसम्मका लागि थप गरेको हो । प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भुकम्प पीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पु¥याउने निर्णय गरेको हो ।
दोस्रो किस्ता लिने म्याद थप भएसँगै गत वर्षको पौष मसान्तभित्र पहिलोे किस्ताको रकम बुझेका भूकम्प पीडितहरुले आगमि चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन पाउनेछन् । यसअघि गत वर्षको पौष मसान्त सम्म पहिलो किस्ता लिएका भुकम्प पीडितले यो वर्षको पौष मसान्तसम्म मात्रै दोस्रो किस्ता लिनुपर्ने म्याद तोकिएको थियो ।
दोस्रो किस्ताको अनुदान पाउने समयसिमा पौष मसान्तसम्म मात्रै तोक्दा धेरै लाभग्राही छुट्ने भएपछि समय थप गरिएको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी आधिकृत (सिईओ) युवराज भुषालले जानकारी दिए । यद्धपी तेस्रो किस्ताको अनुदान रकम लिने असार मसान्तसम्मको समय अवधी भने यथावत रहेको छ ।

Shares

Be the first to comment on "दोस्रो किस्ता लिन चैतसम्म"

Leave a comment

Your email address will not be published.


*