चरिकोट–ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले सातदोबाटो चरिकोटमा चिया बेच्ने अभियान सुरु गरेका छन् । ब्लड क्यान्सबाट ग्रसित सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय मदन केसीलाई बचाउने अभियानका उनी हरुले यस्तो कार्य थालनी गरेका हुन । गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले चिया बेच्ने अभियान सुरु गरेका हुन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले चिया पिउदै उनीहरुको अभियानको सुरुवात गरेका छन् । नगर प्रमुख केसीले चिया पिउँदै मदन केसी बचाउ अभियानका लागि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग गरेर अभियानको सुरुवात गरेका छन् । उनले भीमेश्वर नगरपालिकाले संस्थागत रुपमा पनि सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गरे । ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौँ ।’ भन्ने अभियानका साथ उनीहरुले एक सातासम्म सातदोबाटो चोकमा चिया बेच्ने छन् । एक सातासम्म हरेक विहान र बेलुका स्वयंसेवक समूह बनाएर उनीहरुले चिया बेच्ने योजना बनाएको सो बोर्डिङ स्कुलको शिक्षक विन्देश्वरी खतिवडाले जानकारी दिइन् । आफ्नो स्कुलको पूर्व विद्यार्थीसमेत रहेका मदनलाई बचाउन गौरीशंकर बोर्डिङ स्कुलका विदार्थीहरुको समूहले सातदोबाटोमा उपस्थितलाई चिया दिने गरका छन् भने चिया पिउनेहरुले आफूले सक्दो आर्थिक सहयोग ‘सहयोग बाकस’ मा खसाल्ने गरेका छन् । ब्लड क्यान्सरबाट पीडित भीमेश्वर नगरपालिका ५ का मदन केसी अहिले नागरिक अस्पताल काठमाडौँमा उपचाररत छन् ।
साथी बचाउन चिया बेच्दै विद्यार्थी
Posted By: दीक्षण दैनिक १७ माघ २०७४, बुधबार १७:२३
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "साथी बचाउन चिया बेच्दै विद्यार्थी"