ईन्चार्ज र सेक्रेटरी निलम्बित !

चरिकोट–बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका जिल्ला इन्चार्ज र सेक्रेटरी निलम्वन गरेको जनाएको छ । नेकपाका तत्कालिन जिल्ला ईन्चार्ज अर्जुन योगी र जिल्ला सेक्रेटरी राजन धनुकेलाई निलम्वन गरिएको नेकपा दोलखाका ईन्चार्ज यादव दाहालले बताए । सदरमुकाम चरिकोटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ईन्चार्ज यादवले तत्कालिन इन्चार्ज योगीलाई गत भदौदेखि र सेक्रेटरी धनुकेलाई गत महिनावाट निलम्वन गरिएको जानकारी दिए । पार्टीको तिन महिने ‘एकिकृत जनजागरण अभियान’ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ईन्चार्ज दाहालले तत्कालिन ईन्चार्ज योगी र सेक्रेटरी धनुकेलाई पार्टी केन्द्रले नैं छानविन समिति बनाएर अनिश्चितकालका लागि निलम्वन गरेको बताए ।

Shares

Be the first to comment on "ईन्चार्ज र सेक्रेटरी निलम्बित !"

Leave a comment

Your email address will not be published.


*