जिल्ला अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमीटी दोलखाको ११ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिवार नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनले शुव शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । कमीटीका पदाधिकारीहरुमा उपाध्यक्षमा डिपी रिमाल,सचिवमा बिनिता शिवाकोटी,सहसचिवमा नारायण केसी तथा कोषाध्यक्षमा बालकृष्ण फुयाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा केदार रिमाल,सुवास रिमाल,ज्ञानेन्द्रप्रसाद न्यौपाने,रबिन शिवाकोटी,कृष्णप्रसाद बिमली,गोमा पोखरेल,यमुना मोक्तान,राजकुमार सुबेदी र शान्तिप्रसाद सुबेदी चयन हुनुभएको नेपाल बुद्धिजीवी परिषद् दोलखाले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "जिल्ला अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*