दोलखाका निर्माण व्यवसायीले बुझाए ज्ञापन पत्र

चरिकोट(दीस)ः दोलखा निर्माण व्यावसायी संघले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएको छ । आइतवार संघका अध्यक्ष राजेश थापाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।
सिमेन्ट लगायत विभिन्न निर्माण समाग्रीमा भएको चर्को मुल्य वृद्धि तथा कालोबजारको कारण आम निर्माण व्यवसायीलाई हतोत्साहित वनाएको सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघले माघ ३ गते प्रधानमन्त्री समक्ष बुझाएको ज्ञापन पत्रको प्रति तथा संघको ऐक्यवद्धता जाहेर गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाइएको दोलखा निर्माण ब्यावसायी संघका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेलाई बुझाइएको दोलखा निर्माण व्यवसायी संघले जनाएको छ

Shares

Be the first to comment on "दोलखाका निर्माण व्यवसायीले बुझाए ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*