चरिकोट (दीस) ः अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दोलखाको भीमेश्वर नगरपालिका भित्रका वडा कार्यालयहरुमा विनियोजन हुने बजेट निर्माण तथा कार्यान्वयन लगायतका अन्य कार्यक्रमहरूमा अर्थपूर्ण सहभागितामा प्रभावकारी बनाउन नगरपालिकाका ९ वटै वडा सहमत भएका छन् । बिहीबार भीमेश्वर नगरपालिकाको हलमा कार्यपालिका सदस्यहरू, कर्मचारी तथा विषयगत शाखाका कार्यालयका प्रमुखसँग बैठकमा उनीहरूले सहमति जनाएका हुन् । भीमेश्वर नगरपालिकाको समन्वयमा द एसिया फाउण्डेशनको साझेदारीमा राष्ट्रिय अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजनामा “स्थानीय तहमा अपाङ्गता समावेशी विकास परियोजना” अन्तर्गत भएको बैठकमा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्। यसैगरी, नगरपालिकाका ९ वटा वडामा योजना तथा तर्जुमा गर्दा वडा तहमा गठन भएको अपाङ्गता समिति र नगरपालिका स्तरीय योजना तर्जुमाका कार्यक्रमहरूमा नगर स्तरीय तहमा गठन भएको अपाङ्गता समितिलाई सहभागिता गराउन जनप्रतिनिधिहरू सहमत भएका अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका सचिव मखन पाण्डेले जानकारी दिनु भएको छ । उक्त बैठक नगरपालिकाका उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा तथा नगरप्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो। परियोजनाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले पैरवी गर्दै आएको छ ।
भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण सहभागिता गराउन जनप्रतिनिधी सहमत
Posted By: दीक्षण दैनिक ११ पुष २०८१, बिहीबार १८:५५
१२ पुष २०८१, शुक्रबार ०७:३१
जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ
१२ पुष २०८१, शुक्रबार ०६:१६
मकैको खोयाबाट च्याउ उत्पादन
१२ पुष २०८१, शुक्रबार १३:५३
२०८१ पुस १२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१२ पुष २०८१, शुक्रबार १४:५३
बाढीका कारण बन्द भएको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु
१२ पुष २०८१, शुक्रबार ०६:१३
तामाकोशी गाउँपालिकाद्वारा सहकारी संस्थाहरुको ऋण चुक्ता गर्न आग्रह
१२ पुष २०८१, शुक्रबार ०६:४६
आज र भोलि यी स्थानमा वर्षा र हिमपात, चिसो झनै बढ्ने
१२ पुष २०८१, शुक्रबार १४:०५
नेकपा माओवादी केन्द्र दोलखाले पालिका र वडामा सम्मेलन मार्फत नेतृत्व चयन गर्दै
१२ पुष २०८१, शुक्रबार १५:१४
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
१२ पुष २०८१, शुक्रबार १४:५८
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च
१२ पुष २०८१, शुक्रबार १४:०९
Be the first to comment on "भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण सहभागिता गराउन जनप्रतिनिधी सहमत"