भक्तपुर, २८ मङ्सिरः आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो । भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभयो । महोत्सवमा यहाँको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी ( पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने छ । यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुनेछन् । भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी पनि हुनेछ । –––
भक्तपुर महोत्सव सुरु
Posted By: दीक्षण दैनिक २८ मंसिर २०८१, शुक्रबार १२:२१
१२ पुष २०८१, शुक्रबार ०७:३१
जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ
१२ पुष २०८१, शुक्रबार ०६:१६
मकैको खोयाबाट च्याउ उत्पादन
१२ पुष २०८१, शुक्रबार १३:५३
२०८१ पुस १२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१२ पुष २०८१, शुक्रबार १४:५३
बाढीका कारण बन्द भएको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु
१२ पुष २०८१, शुक्रबार ०६:१३
तामाकोशी गाउँपालिकाद्वारा सहकारी संस्थाहरुको ऋण चुक्ता गर्न आग्रह
१२ पुष २०८१, शुक्रबार ०६:४६
आज र भोलि यी स्थानमा वर्षा र हिमपात, चिसो झनै बढ्ने
१२ पुष २०८१, शुक्रबार १४:०५
नेकपा माओवादी केन्द्र दोलखाले पालिका र वडामा सम्मेलन मार्फत नेतृत्व चयन गर्दै
१२ पुष २०८१, शुक्रबार १५:१४
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
१२ पुष २०८१, शुक्रबार १४:५८
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च
१२ पुष २०८१, शुक्रबार १४:०९
Be the first to comment on "भक्तपुर महोत्सव सुरु"