जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरले सो कक्षा संचालन गर्न थालेको हो ।
नगरले लोकसेवा आयोगले लिने नासु तथा खरिदार पदकालागि तयारी कक्षा संचालन गर्न लागेको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम सापकोटाले जानकारी दिनुभयो । कक्षामा निरन्तर सहभागि हुनेलाई प्रथमपत्रको लागि एक थान पुस्तक समेत निःशुल्क उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । तयारी कक्षा साठी दिनसम्म संचालन गरिने बताइएको छ ।

Shares

Be the first to comment on "जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने"

Leave a comment

Your email address will not be published.


*