चरिकोट (दीस) ः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)को वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का निर्वाचित हुनु भएको छ । काठमाडौँमा भएको चौथो अधिवेशनले उहाँसहित सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। शनिबार भएको अधिवेशनले उद्धव सापकोटालाई अध्यक्ष चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा गोविन्दप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, सञ्चालक सदस्यमा लेमन श्रेष्ठ, कृष्णगोविन्द लाखाजु, चण्डेश्वरी साकोस काभ्रेका विकास बादे, शरिशन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरी कोइराला, हेमबहादुर कार्की, भवानीदेवी अधिकारी र शान्त लक्ष्मी खड्गी निर्वाचित हुनु भएको छ। यस्तै, लेखा तथा सुपरिवेक्षण समितिमा देवप्रसाद त्रिपाठी र सदस्यमा कमला खनाल र सरस्वती कतिला निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित
Posted By: दीक्षण दैनिक २५ कार्तिक २०८१, आईतवार १४:४६
२८ कार्तिक २०८१, बुधबार १९:१९
ePAPER 2081/07/28
२९ कार्तिक २०८१, बिहीबार १०:०४
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ
२९ कार्तिक २०८१, बिहीबार १०:००
Be the first to comment on "वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित"