चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदान स्थल रहने भएको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि यी स्थलहरू तय गरिएको हो । नौ वटा वडाहरू रहेको गौरीशंकर गाउँपालिकामा कुल १२ वटा मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ। कार्यालयका अनुसार वडा नम्बर ९ मा तीनवटा, वडा नम्बर ८ मा दुईवटा तथा अन्य वडाहरूमा एक–एक मतदान स्थल रहने कार्यालयको भनाइ रहेको छ ।
Be the first to comment on "निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने"