सुदूरपश्चिम,२५कात्तिकः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।” देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुग्नुभएको हो । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । –––
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा
Posted By: दीक्षण दैनिक २५ कार्तिक २०८१, आईतवार १४:३१
२८ कार्तिक २०८१, बुधबार १९:१९
ePAPER 2081/07/28
२९ कार्तिक २०८१, बिहीबार १०:०४
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ
२९ कार्तिक २०८१, बिहीबार १०:००
Be the first to comment on "अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा"